लुटिएको भनेर प्रहरीलाई झुटो खवर गर्ने एक युवक पक्राउ
आफू लुटिएको भनेर प्रहरीलाई झुटो खवर गर्ने एक युवकलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय हुकुम पुन मगरले झुटो कुरा गरेर प्रहरीलाई झुक्याउन खोजेपछि पक्राउ परेका हुन् ।
मगरले पुस २६ गते राति साढे ९ बजेतिर आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेर आफुलाई घोराहीको शहिद गेटमा युवाहरुको एक समुहले आँखामा खुर्सानीको धूलो छर्केर चार लाख ३६ हजार रुपैंया लुटेर लगेको बताएका थिए ।
मगरले आफैं प्रहरी कार्यालयमा पुगेर लुटिएको बेहोरो अवगत गराउँदै सहयोग मागेपछि प्रहरीले मगरलाई समेत साथमै लगेर तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान गर्दा उनले झुटो बोलेको पत्ता लागेपछि उनी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङले मंगलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलन गरेर मगरले तिर्नुपर्ने पैंशा नतिर्नका लागि आफैं नाटक गरेर प्रहरीलाई उल्लु बनाउन खोजेपनि आफै फसेको जानकारी दिएको छ ।
प्रहरीले रोल्पाको फगाम निवासी हरि पुनलाई तिर्नुपर्ने ४ लाख रुपैयाँ तिर्नु नपरोस् भनेर आफैं खुर्सानीको धुलो किनेर आफैलाई छर्किर झुटो नाटक गरेको खुल्न आएको बताएको छ ।
प्रहरीले गलत सूचना दिइ झुट्टा अफबाफ फैलाउन खोज्ने मगरविरुद्ध शान्ति विरुद्धको कसुरमा मुद्दा चलाएर आवश्यक कारवाही थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण