थारु बस्तीमा ‘माघी’ को रौनक
पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ को रौनक र उमङ्ग उनीहरुको घर आँगन तथा गाउँबस्तीमा छाएको छ । आफ्नो वर्षभरीको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिंगारेका नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई मूलतः बुधबारदेखि माघी पर्वको रौनकले छपक्कै छोपेको छ ।
विधिवत् रुपमा पुस २९ गतेदेखि शुरु हुने सप्ताहव्यापी यो पर्वमा रमाइलो गर्ने मात्र नभई थारु परिवारले गाउँघरको सरसफाइ गर्ने, दुःख परेकाको सारथी बन्ने र आपसमा भाइचारा तथा सहयोगी जातिको भूमिका पनि प्रस्तुत गर्दछन् ।
यो पर्वका अवसरमा थारु समुदायको छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माणका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत हुने गर्दछन् । पर्वमा विशेषतः ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने थारु अगुवा पत्रकार विश्वराज पछलडंग्या बताउछन् । उनका अनुसार माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ । त्यसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्दछन् ।
माघीका दिन आज बिहान अँध्यारो छँदै उठेर नदी, जलासयमा गई लोटामा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसकेपछि लोटाको सिक्का ९पैसा० लुटाउने प्रचलन रहेको छ । माघीका अवसरमा तिलको आगो तापिन्छ । तिलको आगो ताप्नाले वर्षभरी अञ्जानबस गरिएको पाप नाश हुने थारु समुदायको धार्मिक विश्वास पनि रहिआएको छ ।
पर्वका अवसरमा थारु समुदायले आआप्mनो गाउँको बडघर (अगुवा) र चौकीदारसमेत चयन गर्दछन् । पर्वका अवसरमा आज बर्दियाको ठाकुरद्वारा, बढैयाताल, बाँकेको बैजापुरस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिकस्थलमा ठूलो मेलासमेत लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण