राप्ती प्रतिष्ठानमा नेत्र विशेषज्ञसहित आँखा विशेषज्ञ सेवा सुरु
नेपाल नेत्रज्योती संघ दाङले सन्चालन गरेको घोराही आँखा उपचार केन्द्र आजदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिएको छ ।
एक औपचारिक कार्यक्रमका बीच संघले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाइ स्वामित्व र जिम्मेवारिसहित हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष कृष्ण गिरिले प्रतिष्ठानका अस्पताल निर्देशक डा. सागर क्षेत्रीलाई हस्तान्तरण गरेका हुन । हस्तान्तण गरिएको अस्पतालको आँखा विभागको उद्घाटन गरिएको छ । प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारीको विशेष उपस्थितिमा नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले नेत्र विशेषज्ञसहितको आँखा विभाग उद्घाटन गरे ।
दुई जना नेत्र विशेषज्ञ सहितको सेवा अब सर्वसाधारणले पाउने र अब आखाको सर्जरी समेत अस्पतालमा हुने नेत्र विशेषज्ञ प्रज्ञा बस्नेतको भनाइ छ । बस्नेतका अनुसार आँखाको पोष्ट ग्रेजुएडको पढाइ पनि छिट्टै हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण