ड्रोग्बाले गरे डिभोर्सको खुलासा,अर्की महिलासँग बेडरुममा बसेको भिडियोले निम्त्याएको थियो खटपट
एजेन्सी । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका लिजेन्ड डिडियर ड्रोग्बाले आफ्नो वैवाहिक सम्बन्ध टूटेको घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन् । आफ्नो सम्बन्ध विच्छेद गत वर्ष नै भएको खुलासा ड्रग्बाले इन्स्टाग्राममार्फत दिएका हुन् ।
गत वर्ष ड्रोग्बा र अर्की एक महिला बेडरुममा बसेको भिडियो सार्वजनिक भएको थियो । यस भिडियो सार्वजनिक भएसँगै उनको वैवाहिक जीवनमा समस्या देखिएको थियो । यस भिडियोमा ड्रग्बाले भनेका थिए, ‘उनी पोजेटिभ छिन् । मलाई टोकेर इन्फेक्ट गर्न सक्छिन् ।’ यद्यपी, ड्रोग्बाका समर्थकहरुले कोभिड १९ बारेको विज्ञापन बनाउने क्रममा सुटिङका बेला खिचिएको भिडियोको क्लिप यसरी बाहिरिएको दाबी गरेका थिए ।
प्रेम-सम्बन्धको २० वर्ष र विवाहको ९ वर्षपछि ड्रोग्बाले सम्बन्ध विच्छेद गरेका हुन् । आफ्ना झन्डै १ करोड समर्थक रहेको इन्स्टाग्राममा उनले लेखेका छन्,‘आफ्नो निजी जीवनबारे कुराकानी गर्ने मेरो बानी छैन । तर आज मिडियामा आएका शंका उपशंकाका कारण म यो भन्नसक्छु कि दुग्भार्यपूर्ण रुपमा २० वर्ष सँगै बसेपछि लाल्ला र मैले गत वर्ष कठिन निर्णय लियौं । हामी निकै नजिक छौं र हाम्रो मुख्य प्राथमिकता आफ्ना बालबच्चा र हाम्रो परिवारको निजी जीवनलाई रक्षा गर्नु हो । भगवान्ले तपाईहरुलाई माया गरुन् ।’
चेल्सीका सर्वकालिन सर्वश्रेष्ठ गोलकर्ता* ड्रोग्बाले १९९० को दशकमै पेरिसमा लाल्लालाई भेटेका थिए, उनीहरुले २०११ मा विवाह गरे । यतिबेलासम्म चेल्सीमा तीन प्रिमियर लिग जितिसकेका ड्रोग्बा विश्वकै सर्वोत्कृष्टमध्ये एक थिए । यो दम्पत्तिका तीन छोराछोरी छन् । २०१२ मा चेल्सीबाट प्रिमियर लिग उपाधि जितेका ड्रोग्बाले २०१५ मा क्लब छाडेका थिए । उनले २०१८ मा खेलाडी जीवनबाट सन्यास लिए ।
*यसअघि त्रुटिवस गोलकर्ताको स्थानमा गोलकिपर लेखिएकोमा क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण