महामारीका कारण अन्तर्राष्ट्रिय आप्रवासनमा झण्डै ३० प्रतिशतले कमी आयोः राष्ट्रसंघ
एजेन्सी । कोरोनाभाइरस महामारीका कारण विश्वव्यापी आप्रवासन दरमा अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले कमी आएको संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ । सन् २०१९ र २०२० बीचमा करिब २० लाख कम व्यक्ति आप्रवासीका रूपमा विदेशीएका शुक्रबार सार्वजनिक राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
२०२० मा लगभग २८ करोड १० लाख मानिसहरू आफ्नो मूल देश बाहिर बसिरहेका तथ्याङ्कमा उल्लेख छ । ‘अन्तर्राष्ट्रिय आप्रबासन २०२०’ शीर्षकको प्रतिवेदनमा दर्ता गराइएको दुई तिहाई आप्रवासीहरू २० देशहरूमा बसोबास गरिरहेका छन् । सबैभन्दा बढी आप्रबासी रहेको देश संयुक्त राज्य अमेरिकामा सन् २०२० मा कूल पाँच करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासीहरू बसोबास गर्दै आएका संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ ।
यसपछि जर्मनीमा एक करोड ६० लाख, साउदी अरबमा एक करोड ३० लाख, रूसमा एक करोड २० लाख र बेलायतमा ९० लाख आप्रबासीहरू रहेका छन् । सन् २०२० मा देश छोडी अन्य मुलुकमा काम वा बसोबास गर्नेहरूको सूचीमा सबैभन्दा धेरै भारतीय रहेको राष्ट्रसंघले जनाएको छ । सन् २०२० सम्ममा एक करोड ८० लाख भारतीय नागरिकले काम वा बसाई सराईका कारण देश छोडेको तथ्याङ्कमा उल्लेख छ ।
यसबाहेक धेरै आप्रबासनका लागि देश छोड्ने मुलुकहरूमा मेक्सिको, रूस, चीन र सिरिया रहेका छन् । राष्ट्रसंघीय प्रतिवेदन अनुसार मेक्सिको र रूसबाट विदेशमा काम, पढाई वा बसाइ सराई गर्दै आएका नागरिकको सङ्ख्या एक करोड ११ लाख रहेको छ भने चीनको एक करोड र सिरियाको ८० लाख रहेको छ ।
सन् २०२० मा सबैभन्दा बढी अर्थात् ८७ प्रतिशत अन्तर्राष्ट्रिय आप्रबासीहरू यूरोपमा रहेका छन् । यूरोपमा एक देश जन्मिएका तर अर्को देशमा बसोबास वा काम गर्दै आएका आप्रबासीको सङ्ख्या ७० प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण