बेलायतमा कोरोनाः मृतकको संख्या ८८ हजार नाघ्यो
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप १२९५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
शनिबार सार्वजनिक तथ्याङ्क अहिले सम्मकै धेरै हो । यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ५९० पुगेको छ ।
यसैगरी बितेको २४ घण्टाभित्र ४१ हजार ३४६ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३३ लाख ५७ हजार ३६१ पुगेको छ ।
बेलायतमा विगत दुई हप्ताभन्दा बढी समयदेखि लगातार ४० हजार भन्दा बढी संक्रमित थपिँदै आएका छन् । हाल बेलायतका अस्पतालमा ३७ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ ।
बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । बिहीबारसम्ममा ४० लाख ६ हजार ४४० खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ ।
जसमध्ये ३५ लाख ५९ हजार १७९ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४७ हजार २६१ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण