करिना कपुर र सैफ अली खान नयाँ घरमा सरे, यस्ता छन् विशेषता
करिनाले आफ्नो नयाँ घरको केही झलक इन्स्टाग्राम पोस्टमार्फत् सेयर गरेकी छिन् । उनको नयाँ घर उनको पुरानो घरभन्दा केही टाढा तर पुरानो घरभन्दा निकै ठूलो भएको बताइएको छ ।
इन्स्टाग्राममा राखिएको एउटा पोस्टमा उनले आफ्नो कोठाको फोटो सेयर गरेकी छिन् । ती तस्बिरमा उनको बेडको एउटा कुन, एउटा सिसाको ढोका जसमार्फत् छतमा जान सकिन्छ । टेरेसको भुइँ चेस बेर्ड जस्तो देखिन्छ र यसले रोयल लुक देखाउँछ । यस्तै केही फ्रेममा करिना कपुर, सैफ अली खान र उनका छोरा तैमुरको तस्बिर पनि छ ।
फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘एउटा नयाँ सुरुवाततर्फ !’ यसमा करिना कपुरका फलोअर्सले उनलाई बधाई तथा शुभकामना पनि दिएका छन् ।
करिना कपुरकी दिदी करिष्मा कपुरले पनि उनको नयाँ घरको टेरेसबाट एउटा फोटो सेयर गरेकी छिन् र पोस्टलाई क्याप्सन दिँदै लेखेकी छिन्, ‘नयाँ सुरुवात सधैं विशेष नै हुन्छ ’
सैफ र करिनाको घरकी इन्टेरियर डिजाइनिङ गर्ने दर्शनी शाहले टाइम्स अफ इन्डियासँगको कुराकानीमा भनिन्, ‘सैफ र करिनाको नयाँ घर पनि एक तरिकाले पुरानै जस्तो छ । यसको एउटा कारण यो हो कि उनीहरु फर्च्यून हाइट्सस्थित घरमा निकै रमाइरहेका थिए । यसको डिजाइन र अन्य कुराका लागि उनीहरु निकै सहज थिए । यस्तोमा यो नयाँ घरमा सबै पुराना व्यवस्थासहित नयाँ आवश्यकतालाई पनि जोडिएको छ । विशेषगरी बच्चाको जन्मको हिसाबले घरलाई नयाँ तरिकाले तयार गरिएको छ । यसका साथै तैमुरका लागि पनि छुट्टै कोठा छ । यो घरमा बच्चाका लागि नर्सरी हुनेछ । पुरानो घरको तुलनामा यो घर निकै ठूलो हुनेछ । शानदार सिँढी, स्विमिङ पुल, आउटडोर एरिया र ओपन स्पेससहित यो घर निकै शानदार छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण