तालिबान प्रमुखले आफ्ना नेतालाई भने, ‘कम विवाह गर्नुहोस्, दुश्मनले प्रोपोगान्डाको मौका पाउँछन्’
अफगान तालिबान प्रमुखले आफ्ना नेतालाई धेरै विवाह नगर्न अपिल गरेका छन् ।
पत्रिका दुनियाका अनुसार अफगान तालिबान प्रमुख मुल्ला हैबतुल्लाहले एक बयान जारी गरेर अफगान तालिबान नेतासँग कम विवाह गर्न अपिल गर्दै यसो गर्दा दुश्मनले आफूहरु विरुद्ध प्रोपोगान्डा गर्ने मौका पाउने बताएका छन् ।
बयानमा यदि कसैले दोस्रो विवाह गर्न चाहन्छन् भने ती व्यक्तिले अफगान तालिबान प्रमुखसँग लिखित अनुमति लिनुपर्ने बताइएको छ ।
धेरै विवाहका कारण तालिबान नेताले विवाहका लागि फन्डिङको माग अत्यधिक बढ्न थालेको बयानमा भनिएको छ ।
एकभन्दा बढी विवाहमा रोक त लगाइएको छैन तर तालिबान नेतृत्व र तालिबानका कमान्डरले धेरै विवाह नगर्दा यस्तो प्रकारको समस्याबाट बच्ने र दुश्मनले उनीहरुविरुद्ध प्रोपोगान्डाको मौका पनि नपाउने बयानमा उल्लेख गरिएको छ ।
धेरैजसो तालिबान नेताले एकभन्दा बढी विवाह गरेका छन् । अफगानका संस्थापक मुल्ला मोहम्मद उमर र उनी पछिका प्रमुख मुल्ला अख्तर मंसूरका तीन–तीन श्रीमती थिए ।
तालिबानका हालका प्रमुखका दुई श्रीमती छन् । दोहामा तालिबानका सबैभन्दा वरिष्ठ नेता मुल्ला अब्दुल गनी बरादरका तीन श्रीमती छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण