रुकुम पश्चिमको राडी बजारमा अनिश्चितकालीन निषेधाज्ञा जारी
मङ्गलबार, ०६ माघ २०७७, २० : २५
काठमाडौं । रुकुम पश्चिमको राडी बजारमा अनिश्तिकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अर्को सूचना जारी नभएसम्मका लागि मंगलबार साँझ ५ बजदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले एक विज्ञप्ति जारी गरी जिल्लाको पूर्वी क्षेत्र घारी खोला, पश्चिममा ठूली भेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेभित्र निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन् ।
जिल्लाको आठबीसकोट नगरपालिका ९ राडीबजारमा केही समूहबाट अशान्ति सिर्जना गर्न खोजेकोले निषेधाज्ञा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र ६ (३क) बमोजिम कफ्र्यू लगाइएको विज्ञप्तिमा जनाइएको छ । मंगलबार राडी बजारमा नेकपा प्रचण्ड–माधव पक्ष र काँग्रेस कार्यकर्ताहरुबीच दोहोरो झडप भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण