लोकप्रिय बन्दै ठाको देवी जोगेन्द्र दाश प्रदेश २ प्रहरी अस्पताल
ठाको देवी जोगेन्द्र दाश प्रदेश २ प्रहरी अस्पतालले बिरामीलाई निशुल्क स्तरिय सेवा प्रदान गर्दै लोकप्रिय बन्दै गएको छ । दैनिक ओपीडी–सेवा आकस्मिक सेवा देखी सामान्य सल्यक्रियाको सेवा समेत निःशुल्क प्रदानगर्दै लोकप्रिय बन्दै गएको हो ।
सप्तरीको रुपणी गाउँ पालिका वडा १ राजमार्गसँग जोडिएको रुपणी चौकस्थित प्रहरी अस्पतालले प्रहरी कर्मचारीका साथै सर्वसाधारणसमेतलाई स्थानीय निःशुल्क उपचार सेवा दिएर सानो समयमै लोकप्रिय बन्दै गएको छ ।
सामान्य शल्यक्रियादेखि आकस्मिक सेवा, ओपिडी सेवा, दन्त चिकित्साका साथै अस्पतालमा २४औँ घन्टा ल्याबसेवासमेत दिइरहेको अस्पतालका प्रमुख डाक्टर सुरेन्द्र साहले जानकारी दिएका छन् ।
स्थानीय योगेन्द्र भगत र ठाको देवी दम्पतीले २०६८ पुस ४ गते लाखौँ मूल्यपर्ने रुपणी–१ स्थित राजमार्गसँग जोडिएको २ बिगहा ६ कठ्ठा जग्गा निःशुल्क दिएपछि प्रहरी अस्पताल भवनको निर्माण सुरु भएको थियो । नेपाल प्रहरीका तत्कालिन आईजिपी उपेन्द्रकान्त अर्यालले २०७६ माघ २ गते प्रहरी अस्पतालको विधिवत उद्घाटन गरेलगत्तै उपचार सेवा सुरु भएको हो ।
सेवारत प्रहरी कर्मचारी, अवकाशप्राप्त प्रहरी कर्मचारीका साथै सर्वसाधारणलाई उक्त उपचार सेवा दिँदै आएको छ ।
प्रदेश २ प्रहरी अस्पतालमा डाक्टर तथा डिएसपी सुरेन्द्र साहको नेतृत्वमा स्वास्थ तर्फ १५ तथा प्रशासन तर्फ २२ जनागरी कुल ३७ जना कर्मचारी कार्यरत रहेका छन् ।
प्रदेश २ अन्तर्गतको विभिन्न जिल्लामा आयोजना भएको स्वास्थ शिविर तथा दैनिक आउने बिरामी गरि कुल ७ हजार दुईसय ५० जना बिरामीलाई उपचार सेवा प्रदान गरिएको डाक्टर साहले बताएका छन् ।
हाल प्रादेशिक प्रहरी अस्पतालमा सामान्य शल्यक्रिया सेवाको सुविधा भएपनी निकट भबिस्यमै सबै प्रकारको मेजर अपरेसनको लागि आवश्यक प्राविधिक कार्य सुरु भएको डाक्टर साहले जानकारी दिएका छन् ।
भगत दम्पतीले निःशुल्क दान गरेको जग्गामा चारतल्ले भवनमा १६ वटा कोठामा प्रादेशिक अस्पताल संचालनमा रहेको छ । प्रदेश २ अन्तरगतको कुनैपनि जिल्लाको बिरामीलाई सहज किसिमले उपचार सेवा दिने ब्यवस्था भएकाले उपचारको लागि निर्धक्क आउन प्रादेशिक प्रहरी अस्पतालले सर्वसाधारण सबैलाई आग्रहसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण