सिरियाको २० फिट हिउँमा नेपाली सेना
काठमाडौं । संयुक्त राष्ट्रसंघको युएनडीओएफ अन्र्तगत रहेर नेपाली शान्ति सैनिकहरुले मध्यपूर्वी राष्ट्र सिसियाको अति संवेदनशील माउन्ट हर्मनको २० फिट हिउँ र माइनस २० डिग्री सेन्टिग्रेड तापक्रम भएको स्थानमा नेपाली सेना तैनाथ भएका छन् ।
विगत ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद कायम रहेकोले सो क्षेत्रमा नेपाली शान्ति सैनिक तैनाथ गरिएका हन् । विश्वको सबैभन्दा अग्लो स्थानमा शान्ति सैनिक तैनाथ भएको उक्त क्षेत्रमा अहिले पनि ठुलो संख्यामा द्वन्द्वरत सशस्त्र समूहहरुको चलखेल हुने गरेको नेपाली सेनाले जनाएको छ ।
झण्डै ६ महिना हिमपात हुने उक्त गोलान क्षेत्रमा खटिने अधिकांश फौज मुस्ताङ जिल्लाको कैसाङ्गस्थित शिखर तालिम शिक्षालयबाट युद्धकलासम्बन्धि तालिम प्राप्त गरेपछि मात्रै त्यहाँ जाने अवसर पाउनेछन् । सन् २०१३ देखि नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको उक्त इलाकामा हिउँमा प्रयोग गरिने विशेष किसिमका सवारी साधनहरु पिस्टनबुली स्किडो प्रयोग गर्ने गर्छन् ।
यसअघि नेपाली शान्ति सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त देशहरुमा देखाएको बहादुरी, पेशागत दक्षता र सफल सैनिक कारवाहीको परिणामस्वरुप सिरियास्थित युएनडीओएफ मिसनको फोर्स कमाण्डर जस्तो उच्च ओहोदाको नियुक्तिमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, अवकासप्राप्त रथी बालानन्द शर्मा, अवकासप्राप्त उपरथी शिवराम खरेल र हाल रथि इश्वर हमालले नेतृत्व गरिरहेका छन् ।
नेपाली सेनाको सबैभन्दा ठुलो उपस्थिति रहेको उक्त मिसनमा नेपाली सेनाका डाक्टर अधिकृत सहितको मेडिकल टिम र आन्तरिक द्वन्द्वका कारण विद्रोहीहरुबाट क्षति पुर्याइएका शान्ति सैनिकहरुको व्यारेक संरचना पुनर्निर्माण तथा सुरक्षाका लागि सेनाको इन्जिनियर टिम पनि सँगै कार्यरत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण