डोनाल्ड ट्रम्पले निभाए अन्तिम परम्पराः लेखे जो बाइडेनको नाममा चिट्ठी
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्लिे भलै धेरै नै परम्परा तोडेका छन् तर उनले राष्ट्रपतिको कार्यालयमा आफ्ना उत्तराधिकारी जो बाइडेनका लागि पत्र छोड्ने परम्परा भने निभाएका छन् ।
यद्यपि, उनले यो पत्रमा के लेखेका छन्, त्यसबारे केही थाहा छैन तर राष्ट्रपति जो बाइडेनले उक्त सन्देशलाई निकै उदार बताएका छन् ।
बाइडेनको भनाई उद्धृत गर्दै सीएनएनले लेखेको छ, ‘यो निकै नीजि थियो त्यसैले उनीसँग कुरा नगरिकन म यसबारे केही भन्ने छैन । ’
यो पत्रमा ट्रम्पले बाइडेनका लागि के लेखेका छन् ? यो प्रश्नको जवाफमा प्रेस सेक्रेटरी जेन पास्कीले भनिन्, ‘उहाँले उक्त पत्र खोलेर हेर्ने बेला म उहाँसँगै अफिसमा थिएँ । उहाँले यसलाई उदार र अनुकूल बताउनुभएको छ ।’
‘उहाँले यो नीजि पत्रमा के लेखिएको छ भनेर सार्वजनिक नगर्ने बताउनुभएको छ । हाल ट्रम्प र बाइडेनबीच कुराकानीको कुनै योजना छैन ।’
साकीले भनिन्, ‘म यसलाई पूर्व राष्ट्रपतिबीच लामो टेलिफोन वार्ताको संकेतको रुपमा पनि हेर्दिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण