जाडोमा तातोपानीले नुहाउनु किन खतरनाक ?

एजेन्सी । जाडोको समयमा प्रायः तातोपानीले नुहाउने गरिन्छ । तर, विशेषज्ञका अनुसार चिसो मौसममा तातोपानीले नुहाउँदा शरीरलाई नोक्सान पुर्याउँछ । तातोपानीमा हुने केराटिनले छालाका कोषहरु मार्ने भएकाले यसले छाला चिलाउने, सुख्खा हुने र छालामा विभिन्न प्रकारका दागहरु पैदा गर्ने गर्छ ।
तातोपानीले नुहाउँदा मात्र होइन धेरै गर्मी कपडा लगाउँदा पनि नोक्सान पुग्छ । यसले शरीरलाई धेरै तातो बनाउने हुँदा समस्या आउने गर्छ ।
चिसोले शरीरमा रोग प्रतिरोधात्मक प्रणालीले सेतो रक्त कोशिकाहरु निर्माण गर्ने र यसले शरीरलाई विभिन्न प्रकारका इन्फेक्सनबाट बचाउँछ । तर शरीरमा तापक्रम बढी भयो भने यसले काम गर्न सक्दैन ।
यसैगरी, जाडोमा धेरै खानेकुरा पनि खानुहुँदैन । गर्मीको मौसममा भन्दा जाडोमा खाना पाचन हुने प्रक्रिया कमजोर हुन्छ । त्यसैले, चिसो मौसममा फाइबर भएको खानेकुरा तथा फलफूल धेरै सेवन गर्नुपर्छ । साथै, थोरै मात्रामा चिया वा कफिको सेवन गर्नुपर्छ । धेरै क्याफिन भएको पेयपदार्थले पनि शरीरलाई नोक्सान पुर्याउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण