भारत–चीनबीच पुनः झडप, २० चिनियाँ सैनिक र भारतका चार जवान घाइते
भारतीय र चिनियाँ सैनिकबीच पुनः झडप भएको छ । भारतीय सेनाले २० जनवरीमा सिक्किमा दुई देशका सेना आमने सामने भएको पुष्टि गरेको छ । दुई सेनाका कमान्डरले निश्चित प्रोटोकलअनुसार विवाद सुल्झाइसकेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
भारतीय मिडियाका अनुसार चिनियाँ सेना एक्चुअल लाइन अफ कन्ट्रोल (एलएसी) मा घुसपैठ गर्ने कोसिस गरेको थियो । भारतीय जवानले रोक्दा चिनियाँ सैनिकले हातपात गर्न सुरु गरेको समाचारमा जनाइएको छ । झडपमा चीनका २० सैनिक घाइते भएका छन् भने भारतका पनि चार जवान पनि घाइते भएका छन् । यद्यपि, भारतीय सेनाले घाइतेको कुनै जानकारी भने दिएको छैन ।
दुई देशबीच १५ घण्टासम्म बैठक चल्योः
यो तनाव कम गर्नका लागि पूर्वी लद्दाखको मोल्डोमा भारत र चीनका सैन्य अधिकारीबीच आइतबार ९ औं चरणको कुराकानी भयो । करिब १५ घण्टासम्म चलेको यो बैठकको निष्कर्ष हालसम्म सार्वजनिक भइसकेको छैन । तर भारतले एलएसीमा तनाव कम गर्न अपिल भने गरेको छ ।
एलएसीमा पछिल्लो थुप्रै महिनादेखि तनावको स्थिति छ । १५ जूनमा पूर्वी लद्दाखको गलवान घाटीमा चिनियाँ सैनिक र भारतीय जवानबीच हिंस्रक झडप भएको थियो । यतिबेला २० भारतीय सैनिकको मृत्यु भएको थियो । झडपमा कति चिनियाँ सैनिक मारिएका थिए भनेर आधिकारिक जानकारी हालसम्म प्रकाशित भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण