बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
लन्डन । बेलायतमा कोरोनाका भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । मंगलबार सार्वजनिक तथ्याङ्कअनुसार पछिल्लो २४ घन्टामा थप १६३१ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या एक लाख नाघेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिए अनुसार बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख १६२ पुगेको छ । युरोपियन मुलुकमा मृतक संख्या एक लाख बढी हुनेमा बेलायत पहिलो मुलुक बनेको छ भने विश्वमा मृतक संख्याको आधारमा बेलायत पाँचौं स्थानमा छ ।
यसैगरी पछिल्लो २४ घन्टामा बीस हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८९ हजार ७४६ पुगेको छ । पछिल्ला दिनमा बेलायतमा नयाँ संक्रमितको संख्यामा कमी हुँदै गैरहेको छ । तीन हप्ताभन्दा बढी दैनिक ४० हजार भन्दा बढी संक्रमित हुने गरेको बेलायतमा आज सार्वजनिक संक्रमित संख्या बीस हजारमा झरेको छ ।
संक्रमित संख्या बढेपछि बेलायतका अस्पतालमा भर्ना हुनेको संख्या अत्यधिक रुपमा बढेको छ । हाल यहाँका अस्पतालमा ३७ हजार भन्दा बढी संक्रमितको उपचार भइरहेको छ भने चार हजार भन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
६८ लाख भन्दा बढीले लगाए कोरोनाको खोप
बेलायतमा हाल कोरोना विरुद्धको दुईवटा खोप वितरण भइरहेको छ । संक्रमित संख्या र मृतक संख्यामा वृद्धि भएसँगै खोप अभियानलाई प्रथामिकताकासाथ् अघि बढाइएको अधिकारीहरुले बताउँदै आएका छन् । मंगलबार सार्वजनिक गरिएको तथ्याङ्कको आधारमा अहिलेसम्म ६८ लाख ५३ हजार ३२७ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । जसमध्ये चार लाख ७२ हजार ४४६ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण