वरुण धवनको विवाह पछि श्रद्धा कपुरसँग विवाह गर्न तयार छन् नेपाली मूलका रोहन श्रेष्ठ ?
बलिउड अभिनेता वरुण भवनले २४ जनवरीमा आफ्नी बाल सखा नताशा दलालसँग विवाह गरेका छन् । उनीहरुको विवाह हुने हल्ला अघिल्लो वर्षदेखि नै चलिरहेको थियो तर यसवर्ष भने यो हल्लाले सार्थकता पायो । यी दुईको विवाहमा करण जोहर, मनिष मल्होत्रा, शशांक खेतानलगायत बी टाउनका थुप्रै सेलिब्रिटीको उपस्थिती थियो । वरुणको विवाह पछि अब अर्को सेलिब्रिटी जोडीको विवाहको चर्चा सुरु भएको छ ।
र यो जोडी हो – श्रद्धा कपुर र रोहन श्रेष्ठको जोडी । रोहन नेपाली मूलका बलिउड सेलिब्रिटी फोटोग्राफर हुन् ।
यो हल्ला त्यतिबेला सुरु भयो जब रोहनले वरुणलाई विवाहका लागि बधाई दिँदै इन्स्टाग्राममा पोस्ट गरे ।
यो पोस्टमा रोहनले लेखे, ‘वरुण र नताशालाई विवाहको अत्यधिक बधाई । भीडी तिमी असाध्यै भाग्यमानी छौ ।’ यसको तुरुन्त जवाफ दिँदै वरुणले लेखे, ‘म आशा गर्छु कि तिमी पनि तयार छौ ।’
त्यसपछि नै भारतीय सोसल मिडियामा रोहन र श्रद्धाको विवाह हुन लागेको हो कि भन्ने अनुमान गर्न थालिएको छ ।
स्मरण रहोस्, श्रद्धा कपुर र रोहन श्रेष्ठबीचको प्रेम सम्बन्धबारे निकै अघिदेखि विभिन्न खबर आइरहेका छन् । दुबैलाई थुप्रै पटक सँगै पनि देखिएको छ । यद्यपि, श्रद्धा र रोहनले कहिले पनि यो सम्बन्धबारे खुलेर कुरा गरेका छैनन् न नै उनीहरुले आफ्नो सम्बन्धबारे केही आधिकारिक बयान दिएका छन् । यसअघि श्रद्धा कपुरले रोहनसँगको आफ्नो सम्बन्धको खबरमाथि खण्डन गरेकी थिइन् । बम्बे टाइम्ससँगको एक कुराकानीमा श्रद्धाले भनेकी थिइन्, ‘अहिले मसँग फिल्मबाहेक केही पनि सोच्ने समय छैन र म यस्तै गरिरहेकी पनि छु । र जुन तपाईंले भन्नु भयो नि त्यो अफवाह मात्रै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण