कर्णालीमा पनि कोरोना विरुद्धको खोप लगाउन सुरु
सुर्खेत । कर्णाली प्रदेशमा १० मध्ये ९ जिल्लामा बुधबार कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । कोरोनाविरुद्ध फ्रन्टलाइनका योद्धालाई पहिलो चरणमा खोप लगाउन थालिएको हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये ९ जिल्लामा खोप लगाउन सुरु गरिसकिएको छ भने डोल्पामा केही समयपछि खोप लगाउन सुरु गरिने बताइएको छ ।
कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्कालाई पहिलो खोप दिएर कर्णालीमा खोप कार्यक्रम सुरु भएको हो । डा.खड्काले भने, ‘बाँकी रहेको जिल्लाहरुमा पनि खोप पठाइसकिएको छ ।’ खोपका लागि कर्णालीमा १२ वटा खोप केन्द्र तोकिएको छ । ती सबै खोप केन्द्रबाट खोप दिन सुरु गरिएको उनले बताए ।
कर्णाली प्रदेश अस्पतालमा बुधबार बिहान १०ः३० मा खोप दिन सुरु गरिएको हो भने दैलेखलगायत अन्य जिल्लामा १२ बजेभित्रको अवधिमा खोप लगाउन सुरु गरिएको खड्काले रातोपाटीलाई बताए । पहिलो चरणअन्तर्गत कर्णालीमा ११ हजार ७ सय ८० डोज खोप दिइने छ ।

जसमध्ये सुर्खेतमा सबभन्दा बढी २ हजार ७८१, दैलेखमा २ हजार, जुम्लामा १ हजार ७०२, कालिकोटमा १ हजार २१, जाजरकोटमा १ हजार १०५, सल्यानमा १ हजार १२३, मुगुमा ५४७, डोल्पामा ५११, रुकुम पश्चिममा ५०० र हुम्लामा ४५० डोज खोप बाँडफाँट गरिएको निर्देशनालय बताएको छ ।
कोरोना भाइरसविरुद्ध सुरुवातदेखि नै फ्रन्टलाईनमा रहेर काम गरिरहेका व्यक्तिहरुलाई पहिलो चरणमा खोप दिइएको हो । कोरोनाको प्रतिकार्यका लागि सुरु देखि नै खटिएका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख नवराज कँडेलले भने, ‘खोप लगाउँदा सुरुमा थोरै दुखे पनि खासै फरक अनुभूति त भएन ।’
कोरोना संक्रमणको सिकार भइसकेका कँडेल भन्छन्, ‘यो त एउटा विज्ञानको जितजस्तै लाग्यो ।’ उनले खोप लगाए पनि सतर्कता अप्नाइरहनुपर्ने बताए । ‘ढुक्क हुने वातावरण छ त भन्न सकिँदैन’ उनले भने, ‘खोप आएता पनि बचावटका कुराहरुलाई हामीले भुल्नु हुन्न् ।’
यस्तै स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशमा कार्यरत नोदनारायण चौधरीले खोप लगाउँदा निकै उत्साहित भएको बताए । यद्यपि, खोप लगाउँदा फरक अनुभूति भने केही नभएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण