रुपन्देहीमा आगो लगाई हत्या गरेको आरोपमा ६ जना पक्राउ
बुटवल । रुपन्देहीको मर्चवारमा गतहप्ता एक युवकलाई आगो लगाई हत्या गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै शव भेटिएका ३४ वर्षीय राजेन्द्र यादवको हत्यामा संलग्न ८ जनामध्ये ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले राजेन्द्र यादवका भाई, काका र काकाको सम्धिले सम्पत्तिका लागि हत्या गरेको आरोप लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले सम्पत्तिका लागि घटना भएको अनुसन्धानबाट पुष्टि भएको बताए । प्रहरीले बुधबार मुख्य योजनाकार सियारी २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकका भाई वीरेन्द्र यादव, काकाका सम्धि सन्तकुमार यादव, हत्याका सहयोगी सिद्धार्थनगर ११ का राकेश यादव र अफताव मुसलमानलाई सार्वजनिक गरेको छ ।
अपराधमा संलग्न मध्यस्तकर्ता लङगारे भन्ने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका छन् । माघ ६ गते राजेन्द्रको शव जलेको अवस्थामा भेटिएको थियो । शवको तत्काल सनाखत नभएपछि प्रहरीले नेपालगञ्जबाट कुकुर झिकाएर अनुसन्धान गरेको थियो । निकै ढिला सनाखत भएपछि प्रहरीले थप अनुसन्धान गरि हत्याको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण