न्यायालयको अवहेलनासम्बन्धी मुद्दामा डा.दिनेश त्रिपाठीको पूरक निवेदन
काठमाडौं । न्यायालयको अवहेलना तथा मानहानी सम्बन्धमा सर्वोच्च अदालतमा दायर विभिन्न रिटमाथि सुनुवाइ गरिरहेको बेञ्चमा वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले पूरक निवेदन पेश गरेका छन् । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा अवहेलनासम्बन्धी विभिन्न रिट निवेदनको सुनुवाइ भइरहेको छ । सोही क्रममा त्रिपाठीले सर्वोच्च अदालतको नियमावलीको नियम ४७ अनुसार बिहीबार नै पूरक निवेदन दिएका हुन् ।
प्राज्ञिक स्वतन्त्रता, विचार अभिव्यक्तिको स्वतन्त्रतालाई मानहानी भन्न नमिल्ने तर्कसहित उनले निवेदन दिएका हुन् । सो विषयमा आफ्नो पनि सरोकार रहेको भन्दै उनले सुनुवाईमा सरिक हुन पाउँ भन्दै निवेदन दिएका हुन् । त्रिपाठीले चार पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध परेको अवहेलनासम्बन्धी रिटका सन्दर्भमा चासो राखेका हुन् । सोही इजलासमा प्रधानमन्त्री केपी शर्माओलीविरुद्ध दायर अवहेलना तथा मानहानीको मुद्दा पनि सुनुवाई भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण