न्यायालयको अवहेलनासम्बन्धी मुद्दामा डा.दिनेश त्रिपाठीको पूरक निवेदन
काठमाडौं । न्यायालयको अवहेलना तथा मानहानी सम्बन्धमा सर्वोच्च अदालतमा दायर विभिन्न रिटमाथि सुनुवाइ गरिरहेको बेञ्चमा वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले पूरक निवेदन पेश गरेका छन् । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा अवहेलनासम्बन्धी विभिन्न रिट निवेदनको सुनुवाइ भइरहेको छ । सोही क्रममा त्रिपाठीले सर्वोच्च अदालतको नियमावलीको नियम ४७ अनुसार बिहीबार नै पूरक निवेदन दिएका हुन् ।
प्राज्ञिक स्वतन्त्रता, विचार अभिव्यक्तिको स्वतन्त्रतालाई मानहानी भन्न नमिल्ने तर्कसहित उनले निवेदन दिएका हुन् । सो विषयमा आफ्नो पनि सरोकार रहेको भन्दै उनले सुनुवाईमा सरिक हुन पाउँ भन्दै निवेदन दिएका हुन् । त्रिपाठीले चार पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध परेको अवहेलनासम्बन्धी रिटका सन्दर्भमा चासो राखेका हुन् । सोही इजलासमा प्रधानमन्त्री केपी शर्माओलीविरुद्ध दायर अवहेलना तथा मानहानीको मुद्दा पनि सुनुवाई भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय