सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट एक हप्तामा झन्डै आठ हजारको निधन

बिहीबार, १५ माघ २०७७, २३ : ३२
बिहीबार, १५ माघ २०७७

लन्डन । बेलायतमा कोरोनाका भाइरस संक्रमणका  कारण पछिल्लो २४ घण्टाभित्र थप  १२३९  जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिन कोरोनाबाट एक हजार ७२५ जनाको मृत्यु भएको थियो । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख तीन हजार १२६  पुगेको छ । स्वास्थ्य विभागको  तथ्याङ्कअनुसार एक साताभित्र बेलायतमा ७ हजार ७६६ जनाको मृत्यु भएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २८  हजार ६८० जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३७ लाख ४३ हजार ७३४ पुगेको छ । संक्रमित संख्या बढेपछि बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा खासै कमी एको छैन  । हाल यहाँका अस्पतालमा झन्डै ३७ हजार संक्रमितको उपचार भइरहेको छ भने झन्डै चार हजार  कोरोना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।

७४ लाख भन्दा बढीले लगाए कोरोनाको खोप

बेलायतमा बिहीबारसम्म ७४ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । बेलायतमा हाल फाइजर–बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोपहरु वितरण भइरहेको छ । संक्रमित संख्या र मृतक संख्यामा वृद्धि भएसँगै खोप अभियानलाई प्रथामिकताकासाथ् अघि बढाइएको छ  ।

पछिल्लो जानकारी अनुसार बेलायतमा हालसम्म  ७४ लाख ४७ हजार १९९ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । जसमध्ये चार लाख ७६ हजार २९८ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले  जनाएको छ । 

खोप वितरण कार्यलाई तीव्रता दिने उद्देश्यले खोप वितरण केन्द्रको वृद्धि गरिएको छ । कोरोनाको खोप लगाएपछि पनि तत्कालको लागि सामाजिक दूरी जस्ता नियम पालना गर्न स्वास्थ्यमन्त्रीले आग्रह गरेका छन् । इम्युन सिस्टमले काम गर्न कम्तिमा तीन हप्ता समय लाग्ने हुँदा सो अवधिमा सबैलाई सचेत रहन भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप