भारतले छिमेकी राष्ट्रहरुलाई दियो ५५ लाख खोप
एजेन्सी । भारतले आफ्ना छिमेकी देशहरुलाई अहिलेसम्म कोरोनाविरुद्धको ५५ लाख खोप सहयोग प्रदान गरेको छ । भारतको विदेश मन्त्रालयले एक करोड खोप अफ्रिकी मुलुकहरुलाई दिने योजना रहेको पनि बिहीबार जनाएको छ । त्यसैगरी दश लाख खोप संयुक्त राष्ट्रसंघका स्वास्थ्यकर्मीहरूलाई दिन लागिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
साप्ताहिक पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले ओमन तथा क्यारेवियाली १५ देश, निकारागुवा, अफ्रिकी प्रशान्त राष्ट्रहरू र आइसल्याण्डलगायतका देशलाई पनि कोरोना विरुद्धको खोप सहयोग गर्ने भारतको योजना रहेको बताए ।
उनले भारतसँग खोप प्राप्त गर्न पनि धेरै देशहरुले चासो राखिरहेको जानकारी दिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको लडाइमा भारतले धेरै देशहरुलाई साथ दिन चाहेको घोषणा गरेका छन् । उनले अन्तर्राष्ट्रिय सहकार्यमा पनि जोड दिएका छन् । तर पहिलो जिम्मेवारी भने छिमेकीहरु प्रति हुने प्रधानमन्त्री मोदीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण