बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाजिगर फिल्ममा रोमान्टिन सीन दिन गाह्रो हुँदा शाहरुखले काजोललाई चिमोटे पछि....

शुक्रबार, १६ माघ २०७७, १० : १७
शुक्रबार, १६ माघ २०७७

शाहरुख खान र काजोल बलिउडका सबैभन्दा उत्कृष्ट अन स्क्रिन जोडीको रुपमा चर्चित छन् । उनहिरुको जोडी सन् १९९३ मा रिलिज भएको अब्बास–मस्तानको फिल्म बाजीगरबाट चर्चामा आएको थियो । यो फिल्मसँग जोडिएका एक रोचक किस्सा शाहरुखले करण जोहरको च्याट शो ‘कफी विद करण’ मा केही वर्ष अघि सुनाएका थिए जसको भिडियो आजकाल चर्चामा आएको छ । भिडियोमा शाहरुखले एक रोमान्टिक सीनको सुटिङका बेला के–के भएको थियो भनेर बताएका छन् । 

शाहरुखले काजोललाई चिमोटिदिएका थिएः

शाहरुखले भिडियोमा बताउँछन्, ‘फिल्मको टाइटल गीत बाजिगर ओ बाजिगर’ को ‘मेरा दिल था अकेला तुने खेल ऐसा खेला’ भन्ने लाइनमा काजोलले केही सेन्सुअस एक्सप्रेसन दिनु पर्ने थियो तर उनले यसो गर्न सकिरहेकी थिइनन् । हामी दुबै नयाँ थियौं । काजोलले त्यस्तै भाव दिने कोसिस गरिरहेकी थिइन् तर त्यो नक्कली लागिरहेको थियो किनभने साधारण अवस्थामा त्यस्तो भाव कसैले पनि दिँदैनथे । ’ 

त्यसपछि काजोलले भनिन्, ‘मैले अत्यधिक कोसिस गरेँ तर मैले ठ्याक्कै त्यस्तै एक्सप्रेशन निकाल्न सकिरहेकी थिइनँ, कहिले टाइमिङ गडबड हुन्थ्यो त कहिले के ।’
शाहरुखले थपे, ‘त्यसपछि कोरियाग्राफर सरोग खानले मलाई कजोललाई चिमोटिदिन भन्नुभयो । त्यसपछि मैले त्यस्तै गरेँ र शट ओके भयो । ’

यो फिल्ममा शाहरुख र काजोलको जोडी अत्यधिक रुचाइयो । यो फिल्ममा नकारात्मक भूमिका निभाएर शाहरुख रातारात स्टार बनेका थिए र उनको करियर निकै चम्किएको थियो । 

बाजिगरपछि शाहरुख काजोलले दिलवाले दुल्हनिया ले जाएंगे, करण अर्जुन, कुछ कुछ होता हे, कभी खुसी कभी गम र माय नेम इज खानजस्ता सफल फिल्म दिए । अन स्क्रिनका साथै अफ स्क्रिन पनि यी दुईबीचको सम्बन्ध निकै राम्रो छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप