बाजिगर फिल्ममा रोमान्टिन सीन दिन गाह्रो हुँदा शाहरुखले काजोललाई चिमोटे पछि....
शाहरुख खान र काजोल बलिउडका सबैभन्दा उत्कृष्ट अन स्क्रिन जोडीको रुपमा चर्चित छन् । उनहिरुको जोडी सन् १९९३ मा रिलिज भएको अब्बास–मस्तानको फिल्म बाजीगरबाट चर्चामा आएको थियो । यो फिल्मसँग जोडिएका एक रोचक किस्सा शाहरुखले करण जोहरको च्याट शो ‘कफी विद करण’ मा केही वर्ष अघि सुनाएका थिए जसको भिडियो आजकाल चर्चामा आएको छ । भिडियोमा शाहरुखले एक रोमान्टिक सीनको सुटिङका बेला के–के भएको थियो भनेर बताएका छन् ।
शाहरुखले काजोललाई चिमोटिदिएका थिएः
शाहरुखले भिडियोमा बताउँछन्, ‘फिल्मको टाइटल गीत बाजिगर ओ बाजिगर’ को ‘मेरा दिल था अकेला तुने खेल ऐसा खेला’ भन्ने लाइनमा काजोलले केही सेन्सुअस एक्सप्रेसन दिनु पर्ने थियो तर उनले यसो गर्न सकिरहेकी थिइनन् । हामी दुबै नयाँ थियौं । काजोलले त्यस्तै भाव दिने कोसिस गरिरहेकी थिइन् तर त्यो नक्कली लागिरहेको थियो किनभने साधारण अवस्थामा त्यस्तो भाव कसैले पनि दिँदैनथे । ’
त्यसपछि काजोलले भनिन्, ‘मैले अत्यधिक कोसिस गरेँ तर मैले ठ्याक्कै त्यस्तै एक्सप्रेशन निकाल्न सकिरहेकी थिइनँ, कहिले टाइमिङ गडबड हुन्थ्यो त कहिले के ।’
शाहरुखले थपे, ‘त्यसपछि कोरियाग्राफर सरोग खानले मलाई कजोललाई चिमोटिदिन भन्नुभयो । त्यसपछि मैले त्यस्तै गरेँ र शट ओके भयो । ’
यो फिल्ममा शाहरुख र काजोलको जोडी अत्यधिक रुचाइयो । यो फिल्ममा नकारात्मक भूमिका निभाएर शाहरुख रातारात स्टार बनेका थिए र उनको करियर निकै चम्किएको थियो ।
बाजिगरपछि शाहरुख काजोलले दिलवाले दुल्हनिया ले जाएंगे, करण अर्जुन, कुछ कुछ होता हे, कभी खुसी कभी गम र माय नेम इज खानजस्ता सफल फिल्म दिए । अन स्क्रिनका साथै अफ स्क्रिन पनि यी दुईबीचको सम्बन्ध निकै राम्रो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण