आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

निकै शानदार छ अभिनेत्री जुही चावला र जय मेहताको घर, हेर्नुहोस् तस्बिर

शुक्रबार, १६ माघ २०७७, १३ : १६
शुक्रबार, १६ माघ २०७७

नायिका जुही चावला र उनका व्यवसायी श्रीमान् जय मेहताको घर मुम्बईको सबैभन्दा शानदार घरमध्ये एक् हो । यो जोडीले हालै आफ्नो मालाबारस्थित घरको झलक देखाएका थिए । जुही चावलाको यो घर आर्किटेक्टको हिसाबले मास्टरपीस भन्न सकिन्छ । जय मेहतालाई पनि कलाकारी र वास्तुकलासँग निकै लगाव छ । आफ्नो घरको छतलाई सुन्दर डिजाइन दिनका लागि उनले श्रीलङ्काका आर्किटेक्ट चन्ना दसवाट्टेलाई नियुक्त गरेका थिए । चन्नाले भारतमा पहिले पनि केही प्रोजेक्ट गरेका छन् । चन्नालाई हायर गरेको बारे जय मेहताले भनेका थिए, ‘उनलाई मैले केही पनि भन्नु पर्दैन । उनले मेरो जीवनशैलीलाई निकै राम्रो तरिकाले बुझ्छन् ।’

जुही र जयको घरलाई चन्नाले टेराकोटा र रेड शेडमा डिजाइन गरेका छन् । जुही चावलाको घरको छलबाट मरिन ड्राइभलाई निकै सहजै देख्न सकिन्छ । केही पर अरब सागर छ । घरको छतमा आठ सिटको डाइनिङ टेबलको व्यवस्था छ जबकी आन्तरिक भागमा केही अन्य कार्यक्रमको आयोजना गर्न सकिन्छ । यो घरलाई जय मेहताका हजुरबुवाले सन् १९४० मा खरिद गरेका थिए । हाल यो घरको दुईवटा तल्लामा जुही चावला, जय मेहता र उनका दुई सन्तान बस्छन् भने अर्को तलामा जय मेहताका काकाको परिवार बस्छन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Ashish Sahi (@ashishsahi)

अन्य दुईवटा तलामा जय मेहताको आर्ट कलेक्सन छ । जुही चावलाका श्रीमान् जय मेहता आइपीएलको कोलकातता नाइट राइडर्सका सह मालिक पनि हुन् । यो टिममा दिग्गज अभिनेता शाहरुख खानको पनि हिस्सेदारी छ ।  स्मरण रहोस्, जुही चावला लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा छिन् । यद्यपि, केही विज्ञापनमा उनी पक्कै पनि देखिन्छिन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Ashish Sahi (@ashishsahi)

 

जुही चावलाले जय मेहतासँग सन् १९९६ मा विवाह गरेकी थिइन् । यतिबेला उनी आफ्नो करियरको शीर्ष स्थानमा थिइन् । यद्यपि, लामो समयसम्म उनले आफ्नो विवाहलाई गोप्य नै राखिन् । एक अन्तर्वार्तामा जुही चावलाले करियरमा पछि पर्ने हो कि भन्ने डरले उनले आफ्नो विवाहबारे खुलासा नगरेको बताएकी थिइन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Ashish Sahi (@ashishsahi)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप