अग्रिम भुक्तानीबारे बोर्डको स्पष्टीकरण पछि सुधारियो सेयर बजार
काठमाडौं । अग्रिम भुक्तानीबारे नेपाल धितोपत्र बोर्डको स्पष्टीकरण आएसँगै सेयर बजार परिसूचक पुनः सुधार भएको छ । शुक्रबार बोर्डले सबै ब्रोकरहरुलाई सेयर कारोबार गर्नुअघि अनिवार्य रुपमा कारोबार रकमको २५ प्रतिशत नगद जम्मा गर्नुपर्ने व्यवस्थालाई कडाईका साथ लाग” गर्न निर्देशन दिएसँगै सेयर बजारमा उच्च गिरावट आएको थियो ।
सोमबार नेप्से परिसूचक ३७.७० प्रतिशतले बढेर २ हजार ४ सय ८ दशमलब २४ अंकमा पुगेको छ । यो दिन बजारमा ६ अर्ब ९७ करोड रुपैयाँ बराबरका १ करोड ३३ लाख कित्ता सेयर कारोबार भयो । सोमबारको बजारमा माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूह बाहेक अरु सबै समूहका परिसूचकहरु बढेका छन् । होटल समूहमा सबैभन्दा बढी ८.७६ प्रतिशतले सुधार हुँदा वित्त कम्पनीमा ३.५९ प्रतिशत सुधार आएको छ ।
बजारमा आज १ सय ७३ कम्पनीको सेयर कारोबार भएको थियो । सोमध्ये १ सय २९ कम्पनीको मूल्य बढेको छ । ३३ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा सेञ्चुरी कमर्शियल बैंक र प्रोग्रेसिभ फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ भने अन्य ८ कम्पनीको मूल्यमा ९ प्रतिशत भन्दा माथिको वृद्धि देखिएको छ । यो दिन कालिका लघुवित्तको मूल्य सबैभन्दा बढी ७.२४ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण