शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

शाही परिवारको ठाँटबाँट छोडेर ज्याकी श्रोफसँग भाडाको कोठामा बस्न तयार भएकी थिइन् श्रीमती, १३ वर्षको हुँदा भएको थियो पहिलो भेटघाट

मङ्गलबार, २० माघ २०७७, १५ : २८
मङ्गलबार, २० माघ २०७७

१ फेब्रुअरीमा आफ्नो ६४ औं जन्मदिन मनाइरहेका ज्याकी श्रोफको प्रेम कहानी कुनै फिल्मको भन्दा कम छैन । एकपटक ज्याकी श्रोफ सडकको किनारमा उभिरहेका बेला उनले १३ वर्षकी एक किशोरीलाई स्कूलको युनिफर्ममा बसभित्र बसिरहेको देखेका थिए । 

ज्याकीलाई ती किशोरीसँग पहिलो नजरमा नै प्रेम बस्यो । त्यसपछि ज्याकीले उनलाई आफ्नो परिचय दिए । उनले आफू साथीहरुसँग नजिकै खेल्ने गरेको बताए । 

अर्को पटक यी दुईको रेकर्ड गर्ने पसलमा भेट भयो । आयशा केही रेकर्ड किन्न आएकी थिइन् र उनलाई ज्याकी श्रोफले मद्दत गरे । आयशालाई ज्याकी श्रोफ कति राम्रा रहेछन् भन्ने लाग्यो । आयशाले १३ वर्षको उमेरमा नै ज्याकी श्रोफसँगै विवाह गर्ने सोचिसकेकी थिइन् र यो पूरा पनि भयो । 

पहिला नै कसैलाई डेट गरिरहेका थिए ज्याकीः

उनीहरुबीचको चाँडै नै प्रेम पलायो तर दुबैको लभ स्टोरी सहज थिएन । समस्या यो थियो कि ज्याकी पहिलादेखि नै कसैलाई प्रेम गर्दथे । जतिबेला आयशालाई उनलाई भेटे, त्यतिबेला उनकी प्रेमिका अमेरिकामा आफ्नो पढाई पूरा गर्न गएकी थिइन् । उनी फर्किएपछि ज्याकी उनलाई विवाह गर्ने सोचमा थिए । ज्याकीले आयशालाई यसबारे सबै बताए । ज्याकीलाई लाग्थ्यो कि आयशा उनीप्रति केही समयका लागि मात्रै आकर्षित भएका होलिन्, तर त्यसपछि उनले जे भनिन्, त्यसले ज्याकीलाई पूरा विश्वास दिलाइदियो कि आयशा उनीप्रति कति आशक्त भइसकेकी छिन् । 

आयशाले ज्यकीलाई आफ्नी प्रेमिकालाई पत्र लेख्न भने जसमा ज्याकीकी प्रेमिकाले चाहेको खण्डमा तीनजना नै सँगै बस्न प्रस्ताव राखिदिन आग्रह गरिन् । उनी ज्याकीसँग कुनै पनि हालतमा हुन चाहन्थिन् । त्यतिबेलाको स्थितीलाई स्मरण गर्दै उनले भनेकी छिन्, ‘मसँग विकल्प थिएन । मैले कि उनलाई गुमाउनु पर्दथ्यो कि त उनकी प्रेमिकालाई पनि सँगै राख्नु पर्दथ्यो । मैले दोस्रो विकल्प चुने ।’

विवाहः

आयशा र ज्याकी दुई भिन्न समुदायका थिए । ज्याकी एक भाडाको कोठामा बसिरहेका थिए भने आयशा शाही खानदानकी थिइन् । यो कुरा आयशाकी आमालाई चित्त बुझेन । तर आयशाले निर्णय गरिसकेकी थिइन् । उनले ज्याकीसँग विवाह गरेर भाडाको कोठामा गइन् । 

सन् १९८७ जून ५ तारिखमा उनीहरुले आफ्नो विवाहललाई आधिकारिकता थिए । त्यतिबेला आयशाको २७ औं जन्मदिन पनि थियो । विवाह गरेर ज्याकीसँग बस्न जान लागेको कुरा आयशाकी आमालाई फिटिक्कै मन परेन । यसमा प्रतिबद्ध श्रीमतीले भनिन्, ‘म जानै पर्दथ्यो । किनभने मेरो त विवाह भइसकेको थियो ।’

यो जोडीले सन् १९९० मा जेठो सन्तानको रुपमा टाइगर श्रोफलाई जन्म दिए भने सन् १९९३ मा छोरी कृष्णा श्रोफलाई जन्माए । 


आयशा फरर फ्रेन्च भाषा बोल्न सक्छिन् भने ज्याकी श्रोफलाई ‘टपोरी’ भाषा मनपर्दथ्यो । भनिन्छ नि मायाको भाषा हुँदैन, उनीहरुले एक अर्काको जीवनमा फिट हुन अत्यधिक मिहिनेत गरे । ज्याकीले श्रीमतीका आमाबुवालाई भेट्न जाँदा राम्रो लुगा लगाउँथे । 


ज्याकी मेरा लागि परिवर्तन भए...

आयशाका अनुसार ज्याकी उनका लागि परिवर्तन भए । उनका अनुसार सुरुमा उनको लवाई र बोल्ने तरिका निकै रफ थियो तर उनी क्रमशः गर्दै पूर्ण रुपमा परिवर्तन भए ।’

यता ज्याकी भन्छन्, ‘आयशा मेरो जीवनमा कुनै देवी झैं आइन् । उनले मेरो जीवन सिँगारिदिइन् । मलाई सभ्य बनाइन् र कसैसँग भेटघाट गर्न लायक बनाइन् ।’

   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप