प्रदेश सरकारद्वारा ११ सहिद परिवारका सदस्यलाई रोजागरी प्रदान
काठमाडौं । ‘एक सहिद परिवार एक रोजगार’ कार्यक्रम अन्तर्गत प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आज ११ जना सहिद परिवारका सदस्यलाई रोजगार प्रदान गरेका छन् । उनले आज आफ्नो मन्त्रालयमा सहिद वीरवल मुखिया (पर्सा) परिवारका सदस्य सुखारी मुखिया, राकेशकुमार ठाकुुर (सिरहा) परिवारका सदस्य रिनाकुमारी ठाकुर, रघु साफी (सप्तरी) परिवारका सदस्य लक्ष्मण रजक, ब्रहमदेव बरई (धनुषा) परिवारका सदस्य फुलोदेवी बरईलगायत ११ जनालाई नियुक्तिपत्र प्रदान गरेका छन् ।
उनीहरुलाई भोलिदेखि भौतिक मन्त्रालय मातहतका कार्यालयमा काममा लगाइने निर्देशन दिइसकेको मन्त्री सोनलले बताए । उनले प्रदेश २ सरकारले मधेश आन्दोलनमा सहिद भएका हरेक परिवारलाई एउटा रोजगारी दिने नीति लिएको छ सोहीअनुसार नियुक्ति दिने काम भइरहेको बताए ।
उनीहरुको बलिदानीका कारण संघीयता आएको र त्यसपछि गठन भएको प्रदेश सरकारलाई सहिदको परिवारलाई रेखदेख गर्ने जिम्मेवारी पनि रहेको बताए । मधेश सहिद प्रतिष्ठान गठन भएपछि सहिद परिवार, घाइतेलगायतको भरपोषण तथा शिक्षा, स्वास्थ्यको व्यवस्था समेत सरकारले गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण