गण्डकी प्रदेशमा १६ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप
पोखरा । गण्डकी प्रदेशमा १६ हजार भन्दा बढीले कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका छन् । सरकारले फ्रन्टलाइनमा खटिनेहरुका लागि पहिलो चरणमा शुरु गरेको खोप एकसातामा प्रदेशका ११ जिल्लाका १६ हजार ५ सय ५१ जनाले लगाएका हुन् । गण्डकी प्रदेशमा पहिलो चरमा सरकारले १७ हजार १९५ फ्रन्टलाइनरलाई खोप दिइँदै छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबारसम्म प्रदेशका ११ जिल्लामध्ये कास्कीका ६ हजार ९३६, लमजुङका १३ सय ६६, बागलुङका १३ सय ८४, नवलपुरका ८४७, स्याङ्जाका १४ सय ८५ जनाले खोप लगाएका छन् ।
त्यसैगरी तनहुँका १२ सय ८५, गोरखाका १ हजार ५०, पर्वतका ११ सय ३२, म्याग्दीका ७०९, मनाङका १६१ र मुस्ताङका १९६ जना फ्रन्टलाइनमा खटिनेहरुले खोप लगाएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
सुरुमा खोप लगाउने समय माघ १८ सम्म तय गरिए पनि तोकिएको समय सीमा भित्र नसकिएपछि थप ५ दिनका लागि समय थपिएको उनले बताए ।
ग्ण्डकी प्रदेशमा साढेसोह्र हजारलाई खोप लगाएपनि सामान्य बाहेक ठूलो समस्या देखिएको निर्देशक डा.शर्माले बताए । ‘खोप लगाएकाहरुमा सामान्य ज्वरो, दुखाइ र थकानबाहेक गम्भीर समस्या देखिएको छैन,’ उनले भने ।
गण्डकीमा हाल सम्म कोरोना संक्रमितको कूल संख्या १५ हजार ५ सय ९१ पुगेको छ । जस मध्ये ३ सय ८९ सक्रिय संक्रमित रहेका छन् । प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ९९९ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०३ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण