गण्डकी प्रदेशमा १६ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

पोखरा । गण्डकी प्रदेशमा १६ हजार भन्दा बढीले कोरोना विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका छन् । सरकारले फ्रन्टलाइनमा खटिनेहरुका लागि पहिलो चरणमा शुरु गरेको खोप एकसातामा प्रदेशका ११ जिल्लाका १६ हजार ५ सय ५१ जनाले लगाएका हुन् । गण्डकी प्रदेशमा पहिलो चरमा सरकारले १७ हजार १९५ फ्रन्टलाइनरलाई खोप दिइँदै छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मंगलबारसम्म प्रदेशका ११ जिल्लामध्ये कास्कीका ६ हजार ९३६, लमजुङका १३ सय ६६, बागलुङका १३ सय ८४, नवलपुरका ८४७, स्याङ्जाका १४ सय ८५ जनाले खोप लगाएका छन् ।
त्यसैगरी तनहुँका १२ सय ८५, गोरखाका १ हजार ५०, पर्वतका ११ सय ३२, म्याग्दीका ७०९, मनाङका १६१ र मुस्ताङका १९६ जना फ्रन्टलाइनमा खटिनेहरुले खोप लगाएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
सुरुमा खोप लगाउने समय माघ १८ सम्म तय गरिए पनि तोकिएको समय सीमा भित्र नसकिएपछि थप ५ दिनका लागि समय थपिएको उनले बताए ।
ग्ण्डकी प्रदेशमा साढेसोह्र हजारलाई खोप लगाएपनि सामान्य बाहेक ठूलो समस्या देखिएको निर्देशक डा.शर्माले बताए । ‘खोप लगाएकाहरुमा सामान्य ज्वरो, दुखाइ र थकानबाहेक गम्भीर समस्या देखिएको छैन,’ उनले भने ।
गण्डकीमा हाल सम्म कोरोना संक्रमितको कूल संख्या १५ हजार ५ सय ९१ पुगेको छ । जस मध्ये ३ सय ८९ सक्रिय संक्रमित रहेका छन् । प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ९९९ पुगेको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण २०३ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव
-
राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक
-
खोलामा डुबेर बालिकाको मृत्यु
-
सुकुम्बासी बस्तीमा खानेपानीको माग: आजपाद्वारा संघर्षका कार्यक्रम घोषणा