रिहानाको बोल्ड तस्बिरहरु सेयर गरेर फसिन् कंगना रनौत, आफ्नै फोटोका लागि भइन् व्यापक ट्रोल
भारतको किसान आन्दोलनले विश्वव्यापी रुपमा चर्चा पाइरहेको छ । यो आन्दोलन भएको २ महिनाभन्दा पनि बढी समय बितिसकेको छ । यस्तोमा बुधबार पप स्टार रिहानाको ट्वीट चचाएमा आएको थियो । यसबारे निकै कुरा पनि भइरहेको छ । धेरैभन्दा धेरै मानिसहरुले यसमाथि आफ्नो प्रतिक्रिया व्यक्त गरिरहेका छन् । बलिउड नायिका कंगना रनौतले पनि उनको ट्वीटमा प्रतिक्रिया दिँदै उनलाई उल्लूसमेत बताएकी थिइन् । अब कंगनाले रिहानालाई तल्लो स्तरको देखाउन उनको बोल्ड तस्बिर सेयर गरेकी छिन् तर उनको यो कोसिस उनकै लागि भारी परेको छ ।
कंगना रनौतले रिहानाको एकभन्दा बढी बोल्ड तस्बिर सेयर गरेकी छिन् । एकातिर कंगनाले आफूलाई सभ्य र संस्कारी महिलाको रुपमा प्रस्तुत गर्न खोजेकी छिन् भने रिहानाका बोल्ड तस्बिर सेयर गरेर उनलाई यसको ठिक विपरित देखाउन खोजेकी छिन् । एउटा पोस्टमा उनले आफ्नो र कंगनाको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘राइट विंग रोल मोडल भर्सेस लेफ्ट विंग रोल मोडल’
यसका साथै अर्को एउटा पोस्टमा उनले लेखेकी छिन्, ‘संघी नारी सबैमाथि भारी ।’ यसका साथै उनले देशका मानिसहरुलाई अगाडि बढेर आफ्नो पावर देखाउन आग्रह गरेकी छिन् । यद्यपि, कंगनाको यो पोस्ट अत्यधिक ट्रोल भइरहेको छ ।
कंगनाले रिहानाका अत्यधिक बोल्ड तस्बिर सेयर गरेपछि सोसल मिडिया प्रयोगकर्ता उनको पछाडि परेका छन् र उनलाई व्यापक ट्रोल गरिरहेका छन् । उनीहरुले कंगनाका पुराना तस्बिर सेययर गरेर उनलाई पुराना दिन याद दिलाए ।
वास्तवमा यो झगडा त्यतिबेला सुरु भयो जब रिहानाले दिल्लीको बाहिरी इलाकामा विरोध गरिरहेका किसानलाई समर्थन गर्दै ट्वीट गरिन् । उनले आन्दोलन रोक्नका लागि इन्टरनेट बन्द गरेकोमा विरोध गरेकी थिइन् ।
मानिसहरुले कंगनाका बोल्ड र हट फोटोसुटबाहेक उनका फिल्मका थुप्रै बोल्ड कन्टेन्ट पनि सेयर गरेका छन् जसमा उनीहरुले प्रश्न सोधिरहेका छन्, ‘यही हो रोल मोडल ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
