आमहड्तालले कैलालीका मुख्य बजार ठप्प, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २२ माघ २०७७, ११ : ४०
नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालका कारण कैलालीका मुख्य बजारहरु ठप्प भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम तथा नियुक्तिकाविरुद्ध गरिएको आमहडतालका बजार ठप्प भएका हुन् ।
बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधनहरु चल्न सकेका छैनन् भने शैक्षिक संस्था, सार्वजनिक यातायता सेवा लगायत पनि बन्द छन् ।
नेकपाका प्रचण्ड–नेपाल समूहका नेता रमेश धामीले बिहानैदेखि चोकचोकमा नेता कार्यकर्ता भेला भएको बताए । बन्दकर्ताले कैलालीको क्याम्पस चौकमा टायर बालेर विरोध प्रदर्शन समेत गरेका छन् ।
अहिलेसम्म कैलालीमा कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
-
कक्षा १२ को परीक्षा आजदेखि, तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै
-
आज यी पाँच प्रदेशमा वर्षासँगै हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर