आमहड्तालले कैलालीका मुख्य बजार ठप्प, तस्बिरमा हेर्नुहोस्
बिहीबार, २२ माघ २०७७, ११ : ४०
नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालका कारण कैलालीका मुख्य बजारहरु ठप्प भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम तथा नियुक्तिकाविरुद्ध गरिएको आमहडतालका बजार ठप्प भएका हुन् ।
बन्दका कारण लामो तथा छोटो दुरीका यातायातका साधनहरु चल्न सकेका छैनन् भने शैक्षिक संस्था, सार्वजनिक यातायता सेवा लगायत पनि बन्द छन् ।
नेकपाका प्रचण्ड–नेपाल समूहका नेता रमेश धामीले बिहानैदेखि चोकचोकमा नेता कार्यकर्ता भेला भएको बताए । बन्दकर्ताले कैलालीको क्याम्पस चौकमा टायर बालेर विरोध प्रदर्शन समेत गरेका छन् ।
अहिलेसम्म कैलालीमा कुनै अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण