मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिँडाउन आमहडताल : नेतृ श्रेष्ठ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव समूहकी नेतृ शशी श्रेष्ठले मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिँडाउनको लागि आमहड्ताल गरिएको बताएकी छिन् । नेतृ श्रेष्ठले नेकपाले गरेको आमहड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै मुलुकलाई संविधानसम्मत् ढंगले अगाडि हिँडाउनको लागि आमहड्तालको आव्हान गरिएको बताएकी हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरंकुशताबाट बचाउनुपर्ने अवस्था आएको पनि बताइन् । नेतृ श्रेष्ठले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगका पदाधिकारीहरुलाई गैरसंवैधानिक हिसाबले नियुक्ति गरी संविधानलाई अर्को चुनौती दिएको बताइन् ।
संविधान अनुरुप मुलुक नचले देश ठुलो दुर्घटनामा जाने र समाज विभक्त भई द्धन्दमा जाने भन्दै उनले दुर्घटनाबाट बचाउन संविधानलाई कार्यान्वयन गरेर जानुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण