सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट १ लाख १० हजार बढीको मृत्यु

बिहीबार, २२ माघ २०७७, २२ : ५१
बिहीबार, २२ माघ २०७७


लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण थप ९१५ जनाको निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिन बुधबार १४४९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो एकसाताभित्र बेलायतमा  सात हजार १२४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १० हजार २५० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा २० हजार ६३४ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिनको  तुलनामा संक्रमित संख्यामा केहि वृद्धि भएको छ । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख ९२ हजार ४५९ पुगेको छ । पछिल्लो एकसातामा एक लाख ४८ हजार ७२५ जना संक्रमित थपिएका हुन् ।

केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख  छ  । हाल यहाँका अस्पतालमा ३१ हजार ६७० जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ६२५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ  छन् ।

करिब एक करोड ५ लाखले लगाए कोरोनाको खोप

लन्डन । बिहिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा झन्डै एक करोड पाँच लाख मानिसहरुले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड ४ लाख ९०  हजार ४८७ जनाले खोपको पहिलो डोज लिएका छन् । जसमध्ये पाँच लाख एक हजार ९५७ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप