बेलायतमा कोरोनाबाट १ लाख १० हजार बढीको मृत्यु
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण थप ९१५ जनाको निधन भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिन बुधबार १४४९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । पछिल्लो एकसाताभित्र बेलायतमा सात हजार १२४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख १० हजार २५० पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा २० हजार ६३४ जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा संक्रमित संख्यामा केहि वृद्धि भएको छ । नयाँ थपिएका संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख ९२ हजार ४५९ पुगेको छ । पछिल्लो एकसातामा एक लाख ४८ हजार ७२५ जना संक्रमित थपिएका हुन् ।
केहि दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ । हाल यहाँका अस्पतालमा ३१ हजार ६७० जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ६२५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।
करिब एक करोड ५ लाखले लगाए कोरोनाको खोप
लन्डन । बिहिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा झन्डै एक करोड पाँच लाख मानिसहरुले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड ४ लाख ९० हजार ४८७ जनाले खोपको पहिलो डोज लिएका छन् । जसमध्ये पाँच लाख एक हजार ९५७ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण