अभिषेक बच्चनको जन्मदिनमा भावुक भए अमिताभ बच्चन
शुक्रबार, २३ माघ २०७७, १३ : ५८
हिन्दी सिनेमाका दिग्गज अभिनेता अभिषेक बच्चन ५ फेब्रअुरी अर्थात् आज ४५ वर्ष पुगेका छन् । छोरा यो उमेरमा पुग्दा पिता अमिताभ बच्चन भावुक भएका छन् । यसको अन्दाज उनको फेसबुक पोस्टमार्फत् गर्न सकिन्छ । अमिताभले इन्स्टाग्राममा अभिषेकसँगको दुईवटा तस्बिर कोलाज पोस्ट गरेका छन् । योसँग बिग बीले एक सन्देश पनि लेखेका छन् ।
इन्स्टाग्राममा कोलाजको पहिलो तस्बिर श्यामश्वेत छ । थुप्रै वर्ष पुरानो यो तस्बिरमा अमिताभले छोराको हात समातेर हिँडिरहेको देखिएका छन् । दोस्रो तस्बिर केही वर्ष अघिको हो । कुनै आयोजनामा अभिषेक पिता अमिताभको हात समातेर उनलाई गाइड गरिरहेको देखिएका छन् । यो फोटो कोलाजसँग अमिताभले लेखे, ‘कुनै बेला उनको हात समातेर म उसलाई बाटो देखाउँथे अब ऊ मेरो हात समातेर मलाई बाटो देखाउँछ । ह्पाप्पी बर्थडे अभिषेक बच्चन । ५ फेब्रुअरी, २०२१ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण