शिशिर योगीको नयाँ गीत ‘जनताले सधैं दुःख पाए’ सार्वजनिक
भूपेन्द्र खत्रीको शब्द र संगीत तथा शिशिर योगीको स्वरमा ‘जो आए नि जनताले सधैं दुःख पाए’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोको निर्देशन अन्तरिक्ष अधिकारीले गरेका हुन् । विश्व नेपाल सञ्चारको युट्युब च्यानलबाट अपलोड गरिएको यस गीतमा इतिहासदेखि वर्तमानसम्मको नेपालको बिडम्बनापूर्ण राजनीतिक यर्थाथलाई उतारिएको छ ।
किरण कडेलले म्युजिक एरेन्ज गरेको यस गीतको भिडियोमा गायक योगीसँगै विष्णु पराजुली, विरेन्द्र बस्नेत, प्रदीप ढुंगाना, भेग पहारी, पार्थ तिमल्सिनालगायत कलाकारले अभिनय गरेका छन् । यस गीतको रेकर्डिङ तथा मिक्सिङ शम्भू तन्डुकारले गरेका छन् भने हेमन्त कान्छाले सारङ्गी रेटेका छन् । केशव अधिकारीले छायाँकन गरेको भिडियोलाई गोपाल कडेंलले सम्पादन गरेका छन् ।
गीतको सुरुवाती भाका यस्तो छ –
‘कहिले राणाले खाए, कहिले पन्चले खाए
कहिले कांग्रेसले खाए, कहिले कम्युनिष्टले खाए
कहिले खोसेर खाए, कहिले मिलेर खाए
भ्रस्टाचारीको भीडमा सदाचारी हराए ...
जो आए नि जनताले सधैं दुख पाए’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेम्पो भिरबाट खसालेको घटनामा दुई जना विरुद्ध जाहेरी दर्ता, १० जना रिहा
-
नारामा यसरी समेटियो बागमती सरकारको बजेट
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
बजेटअघि सुदूरकाे सत्ता गठबन्धनमा किचलो, बल्ल सुरु भयो मन्त्रिपरिषद् बैठक
-
चियामा भारतको नीतिगत अवरोध, सिजनको मुखमै उद्योगमा ताला
-
प्रधानमन्त्री बालेन भन्दा एक कदम अगाडि मन्त्री स्वर्णिम र सुनिल !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण