अस्ट्रेलियामा कोरोना खोप लगाएका व्यक्तिलाई डिजिटल भ्याक्सिन प्रमाणपत्र
क्यानबेरा । अस्ट्रेलिया सरकारले कोरोनाभाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई डिजिटल कोभिड भ्याक्सिन प्रमाणपत्र दिने योजना सार्वजनिक गरेको छ । यस योजना बमोजिम कोभिड खोप लगाएका अस्ट्रेलियाली नागरिकले आफूले खोप लगाएको प्रमाण स्मार्ट फोनबाटै प्रस्तुत गर्न सक्नेछन् ।
सरकारले अस्पताल र वृद्धवृद्धाको स्याहार केन्द्र समेत उच्च जोखिममा रहेका व्यक्तिका लागि पहिलो चरणमा खोप दिने तयारी गरेको छ । अनिवार्य खोप लगाउने तयारीमा रहेको सरकारका लागि यस योजनाले थप सहयोग पुग्ने विश्वास लिइएको छ ।
अन्तर्राष्ट्रिय यात्रा पुनः शुरु गर्ने तयारीमा रहेका धेरै देशलाई यस प्रमाणपत्रलाई मान्यता दिनेतर्फ सरकारले तयारी पनि थालेको छ । सरकारी सेवा सम्बन्धी मन्त्री स्टुआर्ट रोबर्टले प्रमाणपत्र प्रणाली निर्माण गर्न अस्ट्रेलिया सरकारले विशेष सुरक्षा प्रणाली प्रयोग गरेको जानकारी दिए । उनले अस्ट्रेलियामा भइरहेका अन्य खोप अभियान समेत कोभिड–१९ को खोपलाई पनि राष्ट्रिय स्वास्थ्य प्रणालीमा आबद्ध गरिएको बताए ।
अस्ट्रेलिया सरकारले आगामी फेब्रुअरीको अन्त्यदेखि खोप दिन थाल्ने र अक्टोबरसम्ममा सम्पूर्ण जनसंख्यालाई खोप लगाइसक्ने योजना बनाएको छ । सीमामा आउजाउमा अति कडाई र कडा लकडाउन गरेको अस्ट्रेलियामा हालसम्म करिब २९ हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको छ भने ती मध्ये ९०९ जनाको मृत्यु भएको थियो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण