माल्दिभ्समा ६ हजारभन्दा बढी व्यक्तिलाई कोभिड–१९ खोप दिइयो
एजेन्सी । माल्दिभ्सले कोभिड–१९ विरूद्धको खोप सुरू गरेको पहिलो छ दिनमा छ हजार व्यक्तिलाई खोप लगाएको यहाँकोे स्वास्थ्य सुरक्षा निकाय (एचपीए) लाई उद्धृत गर्दै आइतबार स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । तथ्याङ्क अनुसार माल्दिभ्समा शनिबार दुई हजार ५७५ व्यक्तिले खोप लगाएसँगै अहिलेसम्म कोभिड–१९ विरूद्धको खोप लिने व्यक्तिको सङ्ख्या छ हजार ८५४ पुगेको छ ।
खोप लगाएकाहरूमध्ये पाँच हजार ५८८ व्यक्ति राजधानीका रहेका र एक हजार २६६ राजधानी बाहिरका क्षेत्रका रहेको एचपीएको तथ्याङ्कमा उल्लेख छ । यसैबीच माल्दिभ्समा शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १०९ रहेको र शनिबारसम्म कूल दुई हजार ३९ व्यक्तिमा सक्रिय सङ्क्रमण रहेको छ भने २०७ जनालाई कोभिड–१९ सङ्क्रमण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
माल्दिभ्समा अहिलेसम्म कूल १६ हजार ६५६ व्यक्तिमा काभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने यसमध्ये १४ हजार ५५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् भने ५४ सङ्क्रमितको मृत्यु भएको छ । माल्दिभ्स सरकारले आफ्ना सबै नागरिकलाई कोभिड–१९ विरूद्धको खोप निःशुल्क उपलब्ध गराउने र आगामी छ महिनामा सबैलाई खोप लगाइसक्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण