प्रभासले विवाह गर्दै ! यी व्यापारीकी छोरीसँग मागी विवाह गर्ने
साउथ सुपरस्टार प्रभास ब्याक टु ब्याक थुप्रै फिल्ममा अभिनय गरेका कारण चर्चामा आइरहेका छन् । तर यसका साथै बाहुबली स्टारको लभ लाइफमा पनि धेरैले निगरानी गरिरहेका हुन्छन् । प्रभास साउथ सिने जगतका मोस्ट ह्यान्डसम ब्याचलर मानिन्छन् । यता नायिका अनुष्का शेट्टी पनि अहिलेसम्म अविवाहित छिन् । यी दुईले थुप्रै फिल्ममा काम पनि गरेका छन् । बाहुबलीमा यी दुईको जोडीले त तहल्का नै मच्चाएको थियो ।
त्यतिबेला देखि नै प्रभासको नाम तेलुगु फिल्मकी लेडी सुपरस्टार भनिने नायिका अनुष्का शेट्टीसँग नाम जोडिने गरिन्छ । यद्यपि, यी दुईले आफूहरु एक राम्रा साथी मात्रै भएको बताउने गर्छन् ।
तर हालै भारतीय मिडियाले एउटा यस्तो जानकारी सार्वजनिक गरेको छ जसमा प्रभासको विवाह हुन लागेको खबर प्रकाशित छ ।
भारतीय मिडियामा प्रकाशित खबरलाई विश्वास गर्ने हो भने प्रभास अब चाँडै नै विवाहको तयारीमा छन् । टलिउड डट नेटको रिपोर्टलाई विश्वास गर्ने हो भने प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग विवाह गर्ने योजनामा छन् । यो एक मागी विवाह हुनेछ । यसका लागि दुबैको परिवारबीच कुराकानी पनि सुरु भइसकेको छ । प्रभासले यो सम्बन्धका लागि हरियो झण्डा पनि देखाएको खबरमा उल्लेख छ । यससँगै साउथ सुपरस्टारको विवाहको तयारीका लागि परिवार लागीपरेको पनि बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण