शशांकलाई बाबुरामको जवाफः काँग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौ
काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको प्रतिगमनविरुद्ध गरिने संयुक्त संघर्षबाट नभाग्न काँग्रेसलाई आग्रह गरेका छन् । नेता भट्टराईले ओलीको प्रतिगमनविरुद्ध आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न् भन्नु गम्भीर दृष्टिदोष भएको समेत बताए ।
काँग्रेस महामन्त्री शशांक कोइरालाको अभिव्यक्तिप्रति संकेत गर्दै डा.भट्टराईले भनेका छन्ः ‘ओली प्रतिगमनविरुद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न् भन्नु गम्भीर दृष्टिदोष हो है !’ नेता भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत हिजो शितयुद्धको बाछिटा परेर काँग्रेस–कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सन समेत स्मरण गराएका छन् ।
उनले भनेका छन्ः ‘हिजो शितयुद्धको बाछिटा परेर काँग्रेस–कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौ । अहिले नयाँ शितयुद्धको छायाँमा त्यस्तै गल्ती नदोहोरियोस् ! संयुक्त संघर्षबाट कोही नभागोस् !’ काँग्रेस महामन्त्री शशांक कोइरालाले ओलीको प्रतिगमन विरुद्ध आन्दोलन गर्नु काँग्रेसको हितमा हुन नसक्ने बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण