सुवारेजले तोडे क्रिस्टियानो रोनाल्डोको कीर्तिमान
एथ्लेटिको म्याड्रिडमा लुइस सुवारेजको उत्कृष्ट प्रदर्शन जारी रहेको छ । सोमबार उनले सेल्टाभिगोविरुद्ध गोल गर्दै क्रिस्टियानो रोनाल्डोले बनाएको कीर्तिमानसमेत तोडेका छन् ।
वान्डा मेट्रोपोलिटानो स्टेडियममा खेलिएको खेलमा उरुग्वेका स्ट्राइकरले पहिलो हाफको अन्त्यतिर गोल गर्दै एथ्लेटिकोलाई बराबरी गर्न मद्दत गरेका थिए । सान्टी मिनाको गोलले पाहुना टोलीले खेलको १३ औँ मिनेटमा नै अग्रता लिएको थियो ।
३४ वर्षीय खेलाडीले दोस्रो हाफमा पुनः गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । बार्सिलोनाबाट आएयता लुइस सुवारेजले डिएगो सिमिओनीको टोलीका लागि मात्र १७ खेलमा १६ गोल गरेका छन् । योसँगै २१ औँ शताब्दीमा स्पेनको शीर्ष लिगमा कुनै क्लबका लागि शुरुवाती १७ खेलमा १६ गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् । यसअघि सन् २००९ मा म्यान्चेस्टर युनाइटेडबाट रियल आएपछि क्रिस्टियानो रोनाल्डोले १७ खेलमा १५ गोल गरेका थिए ।
सोमबारको बराबरी*पछि एथ्लेटिकोले बार्सिलोना र रियल म्याड्रिडसँग शीर्ष स्थानमा ८ अंकको दुरी बनाउन सफल भएको छ । सिमिओनीको टोलीले अझै एक खेल कम खेलेको छ ।
एथ्लेटिकोको उत्कृष्ट प्रदर्शनमा सुवारेजको भूमिका महत्त्पूर्ण रहेको छ । उनले लियोनेल मेस्सीभन्दा पनि ३ गोल बढी गरेका छन् ।
बार्सिलोनाले लुइस सुवारेजलाई टोलीबाट जान दिनु ठूलो गल्ती भएको समीक्षकहरुले बताइरहेका छन् ।
*यसअघि जीत भएको क्षमायाचनासहित भूलसुधार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण