सुनको आपूर्ति सहज बनाइदिन आग्रह गर्दै व्यवसायी पुगे राष्ट्र बैंक
काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधि सुन आयात सहज बनाउन भन्दै राष्ट्र बैंक पुगेका छन् । नेपाल राष्ट्र बैंकले सुन आयात र वितरणको विषयमा निश्चित प्रावधान लागू गरेको भएपनि त्यसको कार्यान्वयन पक्ष फिलतो भएको व्यवसायीको गुनासो छ ।
व्यवसायीको गुनासोपछि राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक वमबहादुर मिश्रले राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार काम भए नभएको अनुगमन गरी त्यसलाई ब्यवस्थित गर्न पहल गरिने प्रतिवद्धता जनाए । राष्ट्र बैंकले सुन आायत कोटामा पनि पुनरावलोकन गरिने आश्वासन दिएको महासंघले जनाएको छ ।
विभिन्न बैंकहरुमार्फत हुँदै आएको सुनको आयात र विक्री वितरण कार्यलाई थप व्यवस्थित र प्रभावकारी वनाइने भएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यले ब्यवसाय सञ्चालनमा आइपरेका समस्याहरु जानकारी गराउँदै तीनलाई हल गर्नका लागि पहल गर्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता
-
मोटोपनको सिकार भइरहेका छन् इटालीका बालबालिका ?
-
परराष्ट्र मन्त्रालयको गतिविधिले कूटनीतिक इतिहास लेख्न गाह्रो भयो : इतिहासविद् पोखरेल
-
अब धादिङबाट ७ मिनेटमै काठमाडौँ, तीन महिनासम्म निःशुल्क सञ्चालन
-
माडी आउन निकुञ्जभित्रबाट सडक निर्माण हुन्छ : मन्त्री गौतम
-
सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण