इरानमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु
तेहरान । कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान इरानमा पनि सुरु भएको छ । महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरुमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ । पहिलो चरणमै महामारी भोगेपछि खोप लगाउन भने अरु धेरै देशहरुभन्दा पछाडि परेको हो ।
“हामीले पनि कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु गर्यौँ, यो देशव्यापी अभियान हो, सुरुमा स्वास्थ्यकर्मीहरुलाई लगाउने छौँ भने त्यसपछि प्राथमिकता क्रमका आधारमा सबैलाई लगाउने छौँ,” राष्ट्रपति हसन रौहानीले भने ।
कोरोनाभाइरसविरुद्ध रुसमा विकास गरिएको स्पुट्नीक भी नामक खोप इरानमा लगाउन थालिएको हो । खोप गत बिहीबार इरान ल्याइएको थियो । “रुसबाट २० लाख स्पुट्नीक खोप इरान ल्याइएको छ,” इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता किनौश जहानपौरले भने ।
मुस्लिम गणतन्त्रात्मक मुलुक इरानका स्वास्थ्य मन्त्री सइद नमाकीले देशभरी १४ लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिए । उनका अनुसार इरानमा अहिलेसम्म कोरोनाका कारण ५८ हजार ५०० भन्दा बढीको मृत्यु भइसकेको छ । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण