भारतमा कोभिड-१९ विरूद्धको खोपप्रति ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट
एजेन्सी । भारतमा कोभिड–१९ खोप लगाइसकेका प्रतिशत व्यक्तिहरूले समग्र अनुभवबाट खोपप्रति सन्तुष्ट रहेको पाइएको छन् संघीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार बताएको छ । स्वास्थ्य सचिव राजेश भूषणले कोविन प्रतिक्रिया प्रणाली अन्तर्गत स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरूद्धको खोप प्राप्त गर्ने व्यक्तिको प्रतिक्रिया लिनका लागि इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको शीघ्र तथ्याङ्क मापन प्रणाली (आरएएस) प्रयोग गरिरहेको बताए ।
उनले भने, “आरएएसबाट प्राप्त तथ्याङ्कमा ९७ प्रतिशतभन्दा बढी व्यक्तिको अनुभव सकारात्मक रहेको पाइएको छ ।” कोविन प्रतिक्रिया प्रणाली कोभिड–१९ विरूद्धको अनुभव रेकर्ड गर्ने भारतीय मोबाइल एप हो । भूषणले भने, “एपमार्फत् प्रतिक्रिया सङ्कलन प्रक्रिया सन् २०२१ को जनवरी १७ २०२१ देखि शुरू भएको हो ।”
उनले भने, “खोपको लाभ लिएका सबै व्यक्तिलाई निजी एसएमएस पठाइएको थियो । एसएमएसमा व्यक्तिको नाम, डोज (पहिलो र दोस्रो) र प्रतिक्रियाको लागि अनुरोध गरिएको । प्रयोगकर्ताले खोप लिएपछि उनीहरूलाई एपमार्फत पाँच प्रश्नहरू सोधिएको थियो । जवाफका आधारमा नतिजा सार्वजनिक गरिएको हो ।”
नतिजाबारे स्वास्थ्य नीति आयोगका सदस्य डाक्टर विके पाउलले भने, “उनीहरू निर्धक्क भई भन्न सक्छन् कि खोप कार्यक्रम लागू गर्ने रणनीति र खोप अभियानको अनुभव सन्तोषजनक आएको छ ।” भारतमा स्वास्थ्यकर्मी तथा अग्र पङ्तीमा रहेर राष्ट्रसेवामा खटिने र जोखिमका हिसाबले बढी खतरा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा अहिलेसम्म ६३ हजारभन्दा बढी भारतीयलाई खोप दिइसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण