शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

औद्योगिक क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्तालाई परिसंघको आग्रह

बुधबार, २८ माघ २०७७, १४ : ५७
बुधबार, २८ माघ २०७७

काठमाडौं । नेपाल उद्योग परिसंघले सम्भावना नै सम्भावना भएको नेपालको औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।  बुधबार नेपाल स्थित भारतीय राजदुतावासका प्रतिनिधिहरुसँग दुई देश बीचको व्यापार सहजीकरण तथा लगानीको विषयमा अन्तरक्रिया गर्दै परिसंघले यस्तो आग्रह गरेको हो । 

दूतावास मार्फत लगानीका लागि आह्वान गर्दै परिसंघले नेपाल लगानीका लागि संभावना नै सम्भावना भएको मुलुक भएको बताउँदै लगानी ल्याउन भारतीय लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगहरुको वर्तमान अवस्थालाई उध्रित गर्दै नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सक्ने बताउँदै लगानी विस्तार गर्नको आग्रह गरे । 

राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन प्रतिस्पर्धी उद्योग व्यवसायको वातावरण तयार भए मात्र देशको प्रगति हुन सक्ने बताउँदै अध्यक्ष मोरले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि सहज वातावरण बनाउन समेत परिसंघ तयार रहेको बताए । 

सो अवसरमा नेपाल भारतबीच देखिएको व्यापार घाटालाई कसरी कम गर्दै जाने सम्बन्धमा समेत परिसंघले चासो व्यक्त गरेको छ । नेपाल र भारतबीचमा भएका कतिपय व्यापार सन्धिहरुले अहिलेको समयमा दुई देशबीचको व्यापारमा असहज भइरहेको सन्दर्भ उल्लेख गर्दै परिसंघले समयसापेक्ष त्यसलाई सहज बनाउँदै जानुपर्ने धारणा व्यक्त गरेको छ । 

नेपालमा उत्पादन हुने वस्तुहरु भारत निर्यात गर्दा ननटेरिफ बेरियरको समस्या रहेकोले त्यसलाई सहजीकरण गर्नको लागि परिसंघले अनुरोध गरेको छ । त्यसैगरी अतिरिक्त डिउटिज र चार्जहरु भएकोले दुई देशबीचको व्यापारमा समस्या आएको बताउँदै यसलाई समेत सहजीकरण गर्नुपर्नेमा परिसंघले जोड दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप