शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पोखरामा खिचिँदै ‘डिसेम्बर फल्स’

बुधबार, २८ माघ २०७७, १८ : ४१
बुधबार, २८ माघ २०७७

काठमाडौँ । फिल्म ‘डिसेम्बर फल्स’को अहिले पोखराको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । माघ पहिलो साताबाट छायाँकन सुरु भएको फिल्मको अहिले केही तस्बिर समेत बाहिर आएको छ । निर्माण टिमले गोप्य राख्दै आएको उक्त तस्बिरबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी देखिएका छन् ।

प्रविण झाको निर्देशन रहेको फिल्ममा दक्षिण भारतीय फिल्मका व्यस्त छायाँकार महेश आर गुप्ताको छायाँकन रहेको छ । रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्मको निर्माता राजकुमार भट्ट हुन् । केही दिनमा पोखरा सेडयुल सकेर फिल्म छायाँकनका लागि काठमाडां फर्किने निर्माण युनिटले जनाएको छ । 

फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतको अभिनय रहनेछ ।  फिल्मको प्रदर्शन मिति ०७८ को साउन १ गते प्रदर्शन हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप