पोखरामा खिचिँदै ‘डिसेम्बर फल्स’
काठमाडौँ । फिल्म ‘डिसेम्बर फल्स’को अहिले पोखराको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । माघ पहिलो साताबाट छायाँकन सुरु भएको फिल्मको अहिले केही तस्बिर समेत बाहिर आएको छ । निर्माण टिमले गोप्य राख्दै आएको उक्त तस्बिरबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी देखिएका छन् ।
प्रविण झाको निर्देशन रहेको फिल्ममा दक्षिण भारतीय फिल्मका व्यस्त छायाँकार महेश आर गुप्ताको छायाँकन रहेको छ । रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्मको निर्माता राजकुमार भट्ट हुन् । केही दिनमा पोखरा सेडयुल सकेर फिल्म छायाँकनका लागि काठमाडां फर्किने निर्माण युनिटले जनाएको छ ।
फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतको अभिनय रहनेछ । फिल्मको प्रदर्शन मिति ०७८ को साउन १ गते प्रदर्शन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा वित्तीय अपराध बढ्दै : एकै वर्षमा ३७३ मुद्दा दर्ता, १५५ जना पक्राउ झापा
-
राष्ट्रिय सभाअन्तर्गतका तीन समितिको बैठक बस्दै
-
भारतीय बजार मूल्यलाई आधार मानेर औषधिको मूल्य समायोजन गर्ने प्रस्ताव
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण