महिला लघुवित्तको आईपीओ खुल्यो, कति जनाले पाउँछन् ?
महिला लघुवित्त वित्तीय संस्थाले आइपिओ बिक्री शुक्रबार (आज) देखि खुला भएको छ । लघुवित्तको ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको हो । यसमा (०.५ प्रतिशत) ९५ हजार कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आइपीओ फागुन २ गतेसम्म भर्न सकिनेछ ।
पछिल्लो समय आइपिओमा माग भन्दा ज्यादा आवेदन पर्न थालेपछि आइपिओ पाउन भाग्यमै भर पर्नुपर्ने भएको छ । १० कित्ताका दरले आइपिओ भाग लगाउँने हो भने यसमा जम्मा ३७ हजार ५ सय जना लगानीकर्ताले मात्र हात पार्ने देखिन्छ ।
यसकारण महिलाको आइपीओमा १० कित्ताका लागि आवेदन दिए हुन्छ । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ ।
फागुन २ गतेसम्म सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण