महिला लघुवित्तको आईपीओ खुल्यो, कति जनाले पाउँछन् ?

महिला लघुवित्त वित्तीय संस्थाले आइपिओ बिक्री शुक्रबार (आज) देखि खुला भएको छ । लघुवित्तको ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको हो । यसमा (०.५ प्रतिशत) ९५ हजार कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आइपीओ फागुन २ गतेसम्म भर्न सकिनेछ ।
पछिल्लो समय आइपिओमा माग भन्दा ज्यादा आवेदन पर्न थालेपछि आइपिओ पाउन भाग्यमै भर पर्नुपर्ने भएको छ । १० कित्ताका दरले आइपिओ भाग लगाउँने हो भने यसमा जम्मा ३७ हजार ५ सय जना लगानीकर्ताले मात्र हात पार्ने देखिन्छ ।
यसकारण महिलाको आइपीओमा १० कित्ताका लागि आवेदन दिए हुन्छ । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ ।
फागुन २ गतेसम्म सबै सेयर बिक्री नभएमा फागुन १२ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता