शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको आम्दानीसँगै नाफामा पनि धक्का

शुक्रबार, ३० माघ २०७७, १२ : ३६
शुक्रबार, ३० माघ २०७७

नेपाल टेलिकमको नाफामा दबाब परेको छ भने स्रतिसेयर आम्दानीमा धक्का लागेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । 

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यद्यपि प्रथम त्रैमासको ( साउन देखि असोजसम्म) तुलनामा दोस्रो त्रैमासमा भने नाफा बढेको देखिन्छ । चालू आवको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड ७७ लाख थियो ।

नाफासँगै टेलिकमको प्रतिशेयर आम्दानीमा धक्का लागेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६५ रुपैयाँ ८६ पैसा रहेको टेलिकमको प्रतिसेयर आम्दानी चालू आर्थिक वर्षको सोही अवधिसम्ममा ४३ रुपैयाँ ८६ पैसामा झरेको छ । टेलिकमको प्रतिशेयर नेटवर्थ ६ सय ३५ रुपैयाँ ८० पैसा छ भने मूल्य आम्दानी अनुपात २८.८० गुणा रहेको छ । १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ छ । 

कोरोनाको कारण टेलिकमको आम्दानीमा भारी गिरावट आएको कम्पनीले जनाएको छ । कोभिडका कारण निकै कम मूलयमा डाटा उपलब्ध गराउँनु,  अन्तर्राष्ट्रिय यात्राको प्रतिबन्धका कारण  अन्र्तराष्ट्रिय रोमिङ सेवामा गिरावट आउनु जस्ता कारणले आम्दानी  घट्न पुगेको कम्पनीले भनेको छ ।

बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको कमपनीले जनाएको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप