नेपाल टेलिकमको आम्दानीसँगै नाफामा पनि धक्का
नेपाल टेलिकमको नाफामा दबाब परेको छ भने स्रतिसेयर आम्दानीमा धक्का लागेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ६९ करोड रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा टेलिकमले ४ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यद्यपि प्रथम त्रैमासको ( साउन देखि असोजसम्म) तुलनामा दोस्रो त्रैमासमा भने नाफा बढेको देखिन्छ । चालू आवको पहिलो त्रैमासमा १ अर्ब ५१ करोड ७७ लाख थियो ।
नाफासँगै टेलिकमको प्रतिशेयर आम्दानीमा धक्का लागेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६५ रुपैयाँ ८६ पैसा रहेको टेलिकमको प्रतिसेयर आम्दानी चालू आर्थिक वर्षको सोही अवधिसम्ममा ४३ रुपैयाँ ८६ पैसामा झरेको छ । टेलिकमको प्रतिशेयर नेटवर्थ ६ सय ३५ रुपैयाँ ८० पैसा छ भने मूल्य आम्दानी अनुपात २८.८० गुणा रहेको छ । १५ अर्ब चुक्ता पूँजी रहेको टेलिकमको जगेडा कोषमा ८० अर्ब ३७ करोड रुपैयाँ छ ।
कोरोनाको कारण टेलिकमको आम्दानीमा भारी गिरावट आएको कम्पनीले जनाएको छ । कोभिडका कारण निकै कम मूलयमा डाटा उपलब्ध गराउँनु, अन्तर्राष्ट्रिय यात्राको प्रतिबन्धका कारण अन्र्तराष्ट्रिय रोमिङ सेवामा गिरावट आउनु जस्ता कारणले आम्दानी घट्न पुगेको कम्पनीले भनेको छ ।
बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि तथा विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको कमपनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण