युवा संघ गुल्मीका इन्चार्ज प्रचण्ड-माधव समूहमा
गुल्मी । नेकपा दुई समूहमा विभाजित नहुँदै राष्ट्रिय युवा संघ नेपाल गुल्मीका जिल्ला इन्चार्ज रहेका हिमाल थापा ओली समूहबाट प्रचण्ड–माधव समूहमा प्रवेश गरेका छन् । युवा नेता थापाले आफ्नो फेशबुक स्टाटसमार्फत आजदेखि ओली समूह परित्याग गरि प्रचण्ड–माधव समूहमा सक्रिय सहभाग हुने घोषणा गरेका हुन् । गुल्मीको छत्रकोट गाउँपालिका–२ पल्लीकोट घर भएका नेता थापा २०६२/०६३ को आन्दोलन ताकादेखि ओली समूहका कट्टर कार्यकर्ता थिए ।
‘हो म २०६२/०६३ को जनआन्दोलनमा डिएसएम (जिल्ला कमिटी सदस्य )भएदेखि अहिलेसम्म केपी ओलीको कट्टर कार्यकर्ता नै थिएँ तर अहिले उहाँको तानाशाही प्रवृत्तिदेखि वाक्क भएर ओली समूह परित्याग गरि प्रचण्ड नेपाल समूहमा आएको हुँ ।’ राष्ट्रिय युवा संघ नेपाल केन्द्र्रिय कमिटीका सचिवालय सदस्य समेत रहेका नेता थापाले वामपन्थी आन्दोलनको रक्षार्थ प्रचण्ड र माधव नेपाल समूहको विकल्प नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण