मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको टिमलाई एन्फाले हरायो
सुर्खेत । कर्णाली प्रदेश सरकारको आफ्नो स्थापना दिवसको अवसर पारेर फुटबलमा प्रतियोगिता सञ्चालन गरिएको छ । शुक्रबार वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कप्तानीमा रहेको टिमले लज्जास्पद हार बेहोरेको छ ।
शाहीको कप्तानीमा रहेको कर्णाली–११ लाई एन्फा–११ ले हराउँदै आफ्नो र्वचश्व कायम गर्यो । एन्फाले कर्णाली सरकारविरुद्ध पेनाल्टीमार्फत दुई गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयसम्म दुबैतर्फबाट एक–एक गोल भएपछि खेल ट्राइब्रेकमा धकेलिएको थियो । ट्राइब्रेकमा एन्फाले तीन गोल गरेको थियो । यस्तै कर्णाली सरकारले सान्त्वना स्वरुप एक गोल मात्रै फर्काउन सकेको थियो ।

कर्णाली सरकारबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री नन्दसिं बुढा मैदानमा उत्रिएका थिए भने एन्फाबाट पूर्व राष्ट्रिय फुटवल टोलीका कप्तान तथा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहको नेतृत्वमा मैदानमा उत्रिएको थियो ।
मुख्यमन्त्री शाही ३० मिनेट, सरकारका प्रवक्तासमेत रहेकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी १५ मिनेट, सामाजिक विकास मन्त्री दल रावल १० मिनेट र सभामुख राजबहादुर शाही आठ मिनेट मैदानमा रहेका थिए । सरकारका प्रवक्ता विमला केसीले कर्णाली दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न प्रदेश सरकार सक्षम छ भन्ने सन्देश दिन एवम् खेलकुदका गतिविधिहरुलाई बढाउन स्थापना दिवसको अवसर पारेर फुटवल प्रतियोगीता आयोजना गरिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण