महिलाको विवाहपछि किन घट्दैन पेट ?
पेट बढ्ने समस्या धेरैलाई भएको पाइन्छ । विशेषगरी विवाहित महिलाहरुमा यो समस्या अत्यधिक पाइन्छ । जिम जाँदा पनि कतिपयको पेट घटाउन मुश्किल पर्छ ।
विशेषगरी, ४० वर्ष कटेका महिलाहरुलाई त झनै पेटमा लागेको बोसो घटाउने काम निकै गाह्रो हुन्छ ।
किन हुन्छ पेट घटाउन मुश्किल ?
१. ४० वर्ष कटेपछि महिलाहरुको शरीरका मांसपेशीहरु कमजोर हुन्छन् । यसका साथै, उमेर बढेसँगै मेटाबोलिज्म कमजोर भइदिन्छ जसले बोसो पगाल्ने काम गर्न सक्दैन ।
२. महिनावारी, विवाह, गर्भधान, मेनोपोज जस्ता कारणहरुले हर्मोनमा परिवर्तन ल्याइदिन्छ । जसले गर्दा शरीरका केही अंगहरुमा कडा खालको बोसो जम्मा हुन्छ ।
३.टेस्टोस्टेरोन र एस्ट्रोजन को स्तरमा कमि हुने कारण महिलाहरुको शरीरमा कडा बोसो जम्मा भइदिन्छ ।
पेटको बोसो घटाउन किन जरुरी छ ?
शरीरका अन्य भागको तुलनामा पेटमा जम्मा हुने बोसो खतरनाक हुन्छ । पेटमा जम्मा हुने बोसोले सास फेर्न समस्या, मुटु रोग, मधुमेहको टाइप २, उच्च रक्तचाप र उच्च कोलेस्ट्राल जस्ता समस्या निम्त्याउँछ ।
विवाहपछि किन बढ्छ तौल ?
अनुसन्धानका अनुसार विवाहपछि ५ वर्षमा ८२ प्रतिशत महिलाहरुको तौल ५ देखि १० केजीसम्म बढ्छ । शरीरका केही खास अंगहरु स्तन, हिप र पेटमा बोसो जम्मा हुन थाल्छ । खानपान, जीवनशैली, हर्मोनमा आउने परिवर्तन, तनाव, बढ्दो उमेर, गर्भधान जस्ता कुराले महिलामा तौल बढ्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण