कोरोना खोपमा जेष्ठ नागरिकलाई प्राथमिकता नदिएकोमा आपत्ति
काठमाडौं । विवेकशील साझा पार्टीले कोभिड १९ खोपमा जेष्ठ नागरिकलाई प्राथमिकता नदिइएको भन्दै आपत्ति जनाएको छ । सो पार्टीको भातृसंगठन साझा जेष्ठ नागरिक संगठनले आज एक विज्ञप्ति जारी गर्दै खोपमा जेष्ठ नागरिकलाई प्राथमिकता दिन माग गरेको हो ।
जारी विज्ञप्तिमा खोप अभियानमा राज्यले जेष्ठ नागरिकहरुमाथि गरेको उपेक्षाप्रति खेद तथा आपत्ति प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छः ‘ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा उच्च जोखिममा रहेका जेष्ठ नागरिकहरुलाई सरकारले खोप अभियानको तेश्रो चरणसम्ममा पनि प्राथमिकतामा नपार्नु दुःखद र दुर्भाग्यपूर्ण छ ।’
विश्वभर ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखी कोभिड १९ विरुद्धको खोप दिइँदै गरिएकोमा नेपालमा यो वर्गमाथि सरकारले गरेको विभेदले सामाजिक न्याय र सुरक्षाप्रति सरकारी उदासीनता पुनः छर्लङ्ग भएको समेत विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा अहिलेसम्मको उपेक्षाप्रति क्षमा याचना गर्दै खोप अभियानको यसपछिको चरणमा ज्येष्ठ नागरिकलाई मुख्य प्राथमिकतामा राख्न माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण