शिक्षक बन्दै प्रदीप
बिहीबार, ०६ फागुन २०७७, १२ : ५३
काठमाडौँ । अभिनेता प्रदीप खड्का शिक्षक बन्ने भएका छन् । उनी रियलमा भन्दा पनि रिल लाइफमा शिक्षक बन्न लागेका हुन् । उनको शिक्षक अभिनय रहने फिल्म ‘प्रकाश’ हालै घोषणा गरिएको छ । फिल्ममा उनले शिक्षक बन्ने चाहना भएको एक युवाको भूमिका निर्वाह गर्दैछन् ।
‘प्रकाश’ दिनेश राउतले निर्देशन गर्न लागेको फिल्म हो । फिल्ममा दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडा, नीरज पन्थी,पवित्रा खड्कालगायतको अभिनय रहनेछ । रेनुले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । फिल्ममा रेनु प्रदीपको जोडीको रुपमा देखिनेछिन् ।
जुम्लाको पृष्ठभूमि रहेको कथामा पटकथा भने विकास सुवेदीले तयार पारेका छन् । राजेश श्रेष्ठको छायाँकन, ताराप्रकाश लिम्बू, एलिस कार्की र दीपक शर्माको संगीत रहेन फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण